भारतीय नक्कली नोटसहित दुईजना पक्राउ

भारतीय नक्कली नोटसहित दुईजना पक्राउ

ढल्केवर(धनुषा) : महोत्तरीबाट भारतीय नक्कली नोटसहित दुईजना भारतीय पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहार मधुवनी जिल्ला बेनीपट्टी कटैया बस्ने ३५ वर्षीय सुनिल कुमार शास्त्री र सितामढी चरौत बस्ने २४ वर्षीय मनिष कुमार पासवान रहेको महोत्तरी प्रहरीले जनाएको छ।

सोमबार दिउँसो महोत्तरीको मटिहानी–८ स्थित धानबजार चौकमा दुईजना भारतीय नागरिकहरू भारतीय नक्कली नोट बोकी सामान खरिद गर्न आएको भन्ने सूचनाको आधारमा प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरी टोलीले शंकास्पद अबस्थामा उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेका सुनिलको साथबाट भारू ५ सयको नोट २ थान, २ सयको नोट ५ थान, भारू १ सयको नोट २ थान, भिभो कम्पनीको मोबाइल १ थान र उनको नाउँको आधार कार्ड र  मनिषको साथबाटट रेडमी कम्पनीको मोबाइल १ थान र उनको नाउँको आधार कार्ड बराम भएको महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तोष कुमार पोखरेलले जानकारी दिए।

उनीहरु दुबैजनामाथि मुद्रा सम्बन्धी कसुर मुद्दामा सातदिनको म्याद थपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.