दैलेख–१ : प्रदेशसभा १ मा एमालेका रेग्मी र गठबन्धनका खत्रीको भिडन्त

दैलेख–१ : प्रदेशसभा १ मा एमालेका रेग्मी र गठबन्धनका खत्रीको भिडन्त

दैलेख : दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको दैलेखमा क्षेत्र नम्बर १काे प्रदेश सभामा  दुई मुख्य प्रतिस्पर्धी छन् ।

उनीहरु हुन्, नेकपा एमालेका धर्मराज रेग्मी र गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका पूर्णबहादुर खत्री । 

यो प्रदेश सभामा एक स्वतन्त्रसहित पाँचजना चुनावी मैदानमा रहेपनि रेग्मी र खत्री नै मुख्य प्रतिस्पर्धी हुने देखिन्छ । यी दुई प्रतिस्पर्धी अहिले मतदाता रिझाउन घरदैलो गरिरहेका छन् । 

एमालेका उम्मेदवार रेग्मी कर्णाली प्रदेश सभाका लागि दोस्रो पटक चुनावी मैदानमा छन् । 

नेकपा एमालेका केन्द्रीय सदस्य तथा कानुन विभागका उप–प्रमुख समेत रहेका रेग्मी २०७४ मा बाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रको उम्मेदवार बनेका थिए । उनले नेपाली कांग्रेस दैलेखका पूर्वसभापति कृष्णकुमार विसीलाई पराजित गर्दै प्रदेश सभामा निर्वाचित भएका थिए । रेग्मीले १० हजार ३ सय ६१ मत पाउँदा कांग्रेसका बिसीले ८ हजार ७ सय ६५ मत पाएका थिए ।

तत्कालिन समयमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकताबाट बनेको नेकपा विभाजनपछि रेग्मीले एमाले रोजेका थिए । माओवादी केन्द्रबाट निर्वाचित उनले दल त्याग गरेपछि प्रदेश सभामा पूरा कार्यकाल बिताउन पाएनन् । संवैधानिक कानुनको विज्ञका रुपमा सर्वोच्च अदालतमा वकालत र संवैधानिक कानुनमा अध्यापन गरेका रेग्मीले संविधान निर्माण प्रक्रियामा विषय विज्ञको रुपमा योगदान दिएका थिए । 

सांसदहरुको अन्तराष्ट्रिय नेटवर्क ग्लोबल पार्लियामेन्ट्री फोरममा नेपालको तर्फबाट प्रतिनिधित्व गरेका रेग्मीले कर्णाली प्रदेश सभासदस्यका रुपमा प्रदेश कानुन निर्माणमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए ।  उनी मानव अधिकार, विधिको शासन, भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा समर्पित अभियान्ताको रुपमा परिचित छन् ।

 उनले प्रदेश सभामा पहिलो कार्यकालमा सुरुवात गरेका विकास निर्माण र सामाजिक रुपान्तरणका कार्यलाई निरन्तरता दिनुका साथै नयाँ कार्य थालनी गर्न चुनावमा होमिएको बताउँछन् । जनताको जीवन सहज र समृद्ध बनाउने बाचासहित चुनावी मैदानमा रहेका रेग्मीले आफ्नो जीत सुनिश्चित रहेका दाबी गरे । 

रेग्मीका मुख्य प्रतिस्पर्धी रहेका नेपाली कांग्रेसका पूर्णबहादुर खत्री पहिलो पटक निर्वाचनमा उत्रिएका छन् । उनी गठबन्धनको सहयोगमा प्रदेश सभामा प्रवेश गर्ने दाउमा छन् । पार्टीको विभिन्न पदमा रहेर काम गरेका र थुप्रै सामाजिक संघ संस्थाहरुमा आवद्ध भएका खत्री नेपाल विद्यार्थी संघ दैलेखका संस्थापक अध्यक्ष हुन् ।

 २०४२ देखि २०४६ सम्म नेपाली कांग्रेस दैलेखको सल्लाहकार रहेका खत्री ९ औं महाधिवेशनपछि सहसचिवको कार्यभार सम्हालेका थिए । १३ औं महाधिवेशनमा कोषाध्यक्ष बनेका खत्री १४ औं महाधिवेशनमा सदस्यमा निर्वाचित भएका छन् । 

नेपाल परिवार नियोजन संघ दैलेखको दुई कार्यकाल सभापति रहेको खत्री नेपाल रेडक्रस सोसाइटीको दुई कार्यकाल उपसभापति थिए । उनलाई गठबन्धनको साथ छ । गठबन्धन दलको साथमा सबैले इमान्दारिताका साथ सहयोग गर्ने र चुनाव जित्नेमा उनि ढुक्क छन् । स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारले पाएको मतलाई नै आधार मान्दा पनि आफ्नो जीत सुनिश्चित रहेको उनको दाबी छ । 

यो प्रदेश सभामा जिल्लाका गुराँस, डुङ्गेश्वर र भगवतीमाई गरि तीनवटा गाउँपालिका पर्दछन् । स्थानीय तहको निर्वाचनमा यी तीन पालिकाका सबै वडामा नेपाली कांग्रेसले ९ हजार ६ सय १९ मत पाएको थियो । यस्तै नेकपा माओवादी केन्द्रले एक हजार एक सय ७४ र नेकपा एकिकृत समाजवादीले २ हजार ६९ र राष्ट्रिय जनमोर्चाको २० मत मात्रै प्राप्त गरेको थियो । 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा समेतको मत जोड्दा गठबन्धनको मत १२ हजार ८ सय ८२ हुन्छ । एमालेले तीन वटै स्थानीय तहका वडामा पाएको मत ९ हजार ४ सय २ छ । यस हिसावले यहाँ एमाले पछि छ । तर, यी दुई प्रतिस्पर्धाीबीचको चुनावी भिडन्त रोचक देखिन्छ । निर्वाचन आयोगका अनुसार यो प्रदेश सभामा ३५ हजार ४ सय ९९ मतदाता छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.