कालिकोटमा दलीय उम्मेदवारविरुद्ध स्वतन्त्रको टक्कर

कालिकोटमा दलीय उम्मेदवारविरुद्ध स्वतन्त्रको टक्कर

कालिकोट : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको जिल्लामा रौनक छ। 

विभिन्न दलका आधिकारिक उम्मेदवारहरूका साथै स्वतन्त्र उम्मेदवारहरू पनि जनमतलाई आफ्नो पक्षमा पार्न गाउँ गाउँमा जुटिरहेका छन्। 

जिल्लाको इतिहासमै पहिलो पटक स्वतन्त्र उम्म्द्वारहरूले आधिकारिक उम्मेदवारहरूलाई टक्कर दिन खोजिरहेका छन्।

कालिकोटमा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाही चुनावी मोर्चामा छन्। 

उनीविरुद्ध नेकपा माओवादी केन्द्रकै नेता एवं निवर्तमान रास्कोट नगरपालिकाका मेयर कासीचन्द्र बरालले पुतली चिह्र लिएर स्वतन्त्र उम्मेदवारी दिएका छन्। 

उनको लक्ष्य भनेकै कालिकोटमा स्वतन्त्र उम्मेदवार विजयी भएर इतिहास लेखाउने हो। अर्कोतर्फ सत्ता गठबन्धनले स्वतन्त्रको सामना गर्नु परेपछि निर्वाचनको परिणाम आफ्नो पक्षमा लिन नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नगिन्द्र शाही चुनावी मोर्चामा होमिएका छन्। 

सत्ता गठबन्धनमा रहेका दलहरूबीच एकता हुन नसक्ने र माओवादीबाटै स्वतन्त्र उम्मेदवार भएकाले आफूले निर्वाचन जित्ने रणनीति उनको छ। 
 
जिल्लामा गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनको परिणाम हेर्दा एमालेलाई चुनाव जित्न निकै सकस छ। स्थानीय तहको मत परिणाम अनुसार जिल्लामा माओवादी १९ हजार मतले अग्र स्थानमा छ। 

नेपाली कांग्रेस १४ हजार मतले दोस्रो स्थानमा छ। नेकपा एमाले १३ हजारले तेस्रो स्थानमा छ। यसरी हेर्दा सत्ता गठबन्धनका उम्मेदवार महेन्द्रबहादुर शाही विजय नजिक छन्। 

उनलाई पार्टीबाट स्वतन्त्रले लिने मत रोक्न सके विजय सुनिश्चित छ। तर, स्वतन्त्र उम्मेदवार उठेका कासीचन्द्र बराल पनि कम छैनन्। 

उनी २०५४ सालको स्थानीय निकायको निर्वाचनमा साविकको फुकोट गाविसबाट ९० प्रतिशत मत ल्याएर विजयी भएका गाविस अध्यक्ष हुन्। 

उनको नेतृत्वमा रहेको हिमचुली कृषि सहकारी संस्थामा मात्र १४ हजार सेयर सदस्य आबद्ध छन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि रास्कोटमा माओवादीभन्दा एमाले बलियो भनिएपनि बराल भारी मतले विजयी हुन भएका थिए। 
 
अधिवक्ता दमनराज बमले स्वतन्त्रको नाममा स्वतन्त्र व्यक्ति नै उम्मेदवार भएको भए त्यति गारो नपर्ने बताउँछन्। 

'यहाँ पार्टीका स्थापित नेताबाटै विद्रोह भएर स्वतन्त्र भिडेकाले आधिकारिक उम्मेदवारहरूलाई समस्या छ। तर पनि जिल्लामा सबैभन्दा बलियो शक्ति माओवादी र कांग्रेस बीचको गठबन्धनले जित्न गाह्रो नहोला। पार्टीमा लागेका सबै नेता तथा कार्यकर्ताहरू इमान्दार रूपमा लाग्ने हो भने गठबन्धन नै विजयी हुन सक्छ', उनले भने। 

प्रतिनिधि सभामा साना दलहरूका उम्मेदवारहरू पनि भोट प्रभावित बनाउने खालका छन्। यसले पनि असर गर्छ। राप्रपाबाट धनबहादुर बुढा, नेमकिपाबाट खड्गराज शाही चुनावी अभियानमा छन्। उनीहरू पनि लोकप्रिय उम्मेदवारहरू नै हुन्। 
 
जिल्लामा प्रदेश सभा क र ख मा पनि प्रतिस्पर्धा रोचक हुने देखिन्छ। प्रदेश सभा 'क' मा सत्ता गठबन्धनबाट दुर्गबहादुर रावत चुनावी मोर्चामा छन्। उनी यसअघि संघीय संसद थिए। 

उनीसँग नेकपा एमालेका कुर्मराज शाही भिडेका छन्। उनी विवादित छन्। उनलाई कर्णाली प्रदेश सभामा फ्लोर क्रस गरेर एमालेको सरकार बन्न नदिएको र पुनः सांसद पदका लागि समाजवादीले टिकट नदिँदा एमालेमा फर्किएको आरोप छ। 
राप्रपाबाट सूर्यबहादुर शाही चर्को तयारीमा लागेका छन्। यस्तै प्रदेश सभा 'ख' मा पनि सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका पाका नेता हिक्मतबहादुर बिष्ट चुनावी मोर्चामा छन्। 

उनका विरुद्धमा स्थानीय तहको निर्वाचनका बेला नै पार्टीले कारबाही गरिसकेका नेकपा माओवादीबाटै पलाँता गाउँपालिका पूर्व अध्यक्ष लक्ष्मणबहादुर बम स्वतन्त्र भिड्दैछन्। 

नेकपा एमालेबाट विरेन्द्र बोगटी र सत्ता गठबन्धनबाटै नेकपा समाजवादीका जिल्ला अध्यक्ष विश्वराज बम चुनावी अभियानमा छन्। 

तर, सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेका हिक्मतबहादुर बिष्ट अन्य उम्मेदवारहरूको तुलनामा बलिया छन्। उनी राजनीतिक रूपमा लोकप्रिय र सिनियर पनि हुन्। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.