‘देश बनाउने जिम्मा एमालेको हो, गठबन्धनबाट राष्ट्रको स्वाभिमान जोगिदैन’

‘देश बनाउने जिम्मा एमालेको हो, गठबन्धनबाट राष्ट्रको स्वाभिमान जोगिदैन’

रामेछाप : बागमती प्रदेशका पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शान्तिप्रसाद पौडेलले राष्ट्र जोगाउनका लागि एमालेमा लामबद्ध हुन आह्वान गरेका छन्। उमाकुण्ड गाउँपालिकाको भुजीमा आयोजित चुनावी सभामा बोल्दै उनले गठबन्धनबाट राष्ट्र र राष्ट्रको स्वाभिमान जोगिने नदेखिएको ठोकुवा गरे। 

रामेछाप प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवारसमेत रहेका पौडेलले देश बनाउने र विकास गर्ने एक मात्र पार्टी एमाले भएकाले पार्टीलाई जिताउनुपर्ने बताए। पौडेलले मंसिर ४ गतेको निर्वाचनपश्चात एमालेको सरकार बन्छ भन्ने मनमा राखेर अगाडि बढ्न आग्रह गरे। 

उनले विकासमा लागि सरकार, नेता, जनता एकसाथ लाग्नुपर्ने धारणा राखे। उनले भने,‘जनताले गर्नुपर्ने काम पनि गर्नुपर्‍यो, नेताले गर्ने कामपनि गर्नुपर्‍यो अनि बल्ल समृद्धिको बाटोमा जान सक्छौं।’ पौडेलले जिल्लाको विकासमा पनि एमाले निरन्तर अगाडि बढिरहेको स्पष्ट पार्दै जनतासँग हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

उनले भने,‘हेलिकोप्टरबाट भुजीका बिरामी काठमाडौंमा पठाउने होइन। एमालेको योजना गाउँगाउँमै उपचार गर्ने व्यवस्था मिलाउने हो। त्यसको योजना हामीसँग छ। हामी नाफामुखि र व्यापारी कुरा गर्दैनौं।’

पौडेलले समयमा काम नगर्नु पनि भ्रष्टाचार भएको बताए। ‘कांग्रेसका उम्मेदवार ठेक्केदार कान्छारामले हामीले पैसा ल्याएर काम गर्न जिम्मा दिँदा त समयमा काम सम्पन्न गरेका छैनन्। उनले लिएका ठेक्का समयमा गर्नुपर्छ कि पर्दैन ?’ उनले प्रश्न गरे,‘कान्छारामले ठेक्का लिएको काला चौतारीदेखि सिंगटीको बाटोमा गिट्टी थुपारेको छ काम भएको छैन। मन्थली-पुरानागाउँको सडक पनि पूरा भएको छैन, साघुँटारबाट घोराखोरीको बाटो पनि २ वर्ष अगाडि सम्पन्न हुनुपर्ने तर अहिलेसम्म भएको छैन। तपाईलाई जनतासँग भोट माग्ने अधिकार छ ? गठबन्धनले जनतालाई जवाफ दिनुपर्छ कि पर्दैन।’

उनले पाएको ठेक्का समयमा पूरा गर्न नसक्नेले देश बनाउन नसक्ने स्पष्ट पारे।

उनले प्रतिनिधि सभामा कैलाश ढुंगेललाई जिताउन जनतासमक्ष अपील गरे। उनले भने, ‘गठबन्धन गरेर एमाले हराउन जसरी उहाँहरु आउनुभएको छ उहाँहरुलाई देश बनाउने योजना के छ, एजेण्डा के हो ? दर्शनबिनाको गठबन्धन किन भनेर सोध्नुस्।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.