मेरो प्रमुख कर्तव्य देशको विकास हो: प्रधानमन्त्री देउवा

मेरो प्रमुख कर्तव्य देशको विकास हो: प्रधानमन्त्री देउवा

डडेलधुरा: प्रधानमन्त्री शेरबहादुर देउवाले देशको विकास आफ्नो प्रमुख कर्तव्य रहेको बताएका छन् । 

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले संयुक्त लोकतान्त्रिक गठबन्धनले डडेल्धुराको अजयमेरु गाउँपालिकामा गरेको चुनावी सभालाई सम्बोधन गर्दै समग्र देशको विकास आफ्नो प्राथमिकतामा रहेको बताए । 

आफू पाँच पटक देशको प्रधानमन्त्री भइसकेको भन्दै देउवाले अब देशको समृद्धि र सुदूरपश्चिमको विकासको पक्षमा लाग्ने बताए ।  डडेल्धुरामा पर्यटकीय सडक निर्माण गर्ने उद्घोष गर्दै देउवाले एयरपोर्ट निर्माण, मेडिकल कलेज सञ्चालनलगायतका महत्वपूर्ण काम आफ्नै पालामा सम्पन्न गर्ने दाबी गरे । 

उनले भने, 'अबको मेरो काम भनेकै देशको विकास र समृद्धि ल्याउने हो ।'

देशमा राजनीतिक स्थायित्व र विकासका लागि गठबन्धनले जित्नुपर्ने देउवाले बताए । उनले भने, 'हामीले संसद भङ्ग हुनबाट रोक्यौं जोगायौं, गठबन्धन चुनावपछि पनि दिगो र बलियो हुनेछ ।'

आफूसँग निरन्तर तीन पटक निर्वाचन लडेका माओवादी केन्द्रका नेता खगराज भट्ट गठबन्धनबाट प्रदेश सभामा उम्मेदवार रहेको बताउँदै देउवाले माओवादी, समाजवादी लगायतका दलसँगको गठबन्धन तत्काल नटुट्ने बताए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.