डडेल्धुराको विकास गर्ने मै हुँ : प्रधानमन्त्री देउवा

डडेल्धुराको विकास गर्ने मै हुँ : प्रधानमन्त्री देउवा

डडेल्धुरा : प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराको भित्री मधेसको विकास गर्ने बताएका छन्। आइतबार परसुराम नगरपालिकाको लालढुंगामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।

'भित्री मधेश क्षेत्र डडेल्धुराको मुटु हो, यसको विकासका लागि म सधैं लागी पर्नेछु', देउवाले भने। 

उनले आफूले मात्रै डडेल्धुराको विकास गरेको बताए। 'यहाँको विकास गरेको मैले नै हो, मबाहेक कसले डडेल्धुराको विकास गर्छ? उनले प्रश्न गरे।

देउवाले गठबन्धनको सरकार बनेपछि पाँच वर्षसम्म संसद भंग नगर्ने वाचा गरे। 'ओलीले दुई/दुई पटक संसद भंग गरे, गठबन्धनलाई जिताउनुस्, गठबन्धनको सरकार पाँच वर्षसम्म भंग हुँदैन', देउवाले भने। 

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मंसिर ४ गतेपछि सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने र देउवा प्रधानमन्त्री हुने बताए। 

'मंसिर ४ गतेपछि सरकार पनि नेपाली कांग्रेसको बन्छ, सरकारको नेतृत्व पनि शेरबहादुर देउवाले गर्नुहुन्छ', महतले भने।

यसअघि सरकार र सरकारको नेतृत्व बारेमा कुनै छलफल नै नभएको बताएका महतले देउवाको कार्यक्रममा गएर भने यस्तो बताएका हुन्। 

आइतबार प्रधानमन्त्री देउवाले आफ्नो गृह जिल्लामा प्रचार प्रसार सकेका छन्। देउवा कार्तिक १७ गते आफ्नो निर्वाचन क्षेत्र रहेको डडेल्धुरा गएका थिए। 

उनले पहिलो दिन डडेल्धुरा सदरमुकामको बागबजारको आमसभा सम्बोधन गरेका थिए। १८ गते नवदुर्गा गाउँपालिकाको बेलापुर र आफ्नो गृहपालिका गन्याधुराको बडाल भन्ने स्थानमा उनले चुनावी सभा गरे। 

१९ गते अजयमेरु गाउँपालिकाको भद्रपुर र भागेश्वर गाउँपालिकाको रूपालमा, २० गते आलितालको गोदाम र परसुराम नगरपालिकाको लालढुंगामा चुनावी सभा सकेर देउवा धनगढी फर्किएका छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.