निर्वाचन आचारसंहिता पालना फितलो

निर्वाचन आचारसंहिता पालना फितलो

रौतहट : राजनीतिक दल र उम्मेदवारहरूबाट आचारसंहिता उल्लंघन हुने क्रम बढेपछि रौतहटमा सचेतना तथा अनुगमन  सुरु गरिएको छ। 

निर्वाचन आचारसंहिता उल्लंघन हुन थालेपछि रौतहटका मुख्य निर्वाचन अधिकृत र सुरक्षा अधिकारी सहितको टोलीले जिल्लाका चारवटै क्षेत्रमा दलका प्रतिनिधिसँग छलफल सुरु गरेका हुन्। 

गत हप्ता क्षेत्र नं. ४ मा टोलीले दलका प्रतिनिधिहरूलाई बोलाएर निर्वाचन आचारसंहिता उल्लंघन नगर्न अनुरोध गरेका थिए। 

आचारसंहिता उल्लंघन गर्ने क्रम बढेको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गर्नेको संख्या बढ्दो छ। 

रौतहटका मुख्य निर्वाचन अधिकृत मात्रिका मरासिनीले दलहरूले के गर्न हुने र के गर्न नहुने विषयमा चनाखो र सचेत हुनुपर्ने बताए।

केही स्वतन्त्र उम्मेदवारहरूले साना दललाई मात्र आचारसंहिता लागू हुने तर ठूला दलले जे गरे पनि छुट हुँदै आएको गुनासो पोखे ।

चुनाव प्रचारप्रसारमा ठूला ठूला आवाजमा डिजे बजाउँदा पनि सम्बन्धित निकाय मौन रहेको आरोप लाग्ने गरेको छ।
 
प्रचारमा पार्टीको झन्डा अधिकतम १० वटा हुनुपर्ने, राष्ट्रिय झन्डा प्रयोग गर्न नपाइने, भारतीय नम्बर प्लेटको गाडी प्रयोग गर्न नपाइने, ठुल्ठुला आवाजमा डिजे बजाउन नपाइने, बालबालिकाको प्रयोग गर्न नपाउने, साम्प्रदायिक भड्किने गरी प्रचारप्रसार गर्न नपाइने, एउटा उम्मेदवारले दुई वटाभन्दा बढी सवारी प्रयोग गर्न नपाइने, ठुल्ठुला तुल ब्यानर राख्न नपाइने उल्लेख छ।

चार वटै क्षेत्रमा आचारसंहिता उल्लंघन भए नभएको अनुगमन भैरहेको र उल्लंघन भएको पाइए कारवाही हुने जिल्ला निर्वाचन कार्यलय रौतहटका प्रमुख छोटेलाल दासले बताए। 

जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभा गरी २ सय ७ जना उम्मेद्वार प्रतिस्पर्धामा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.