उदयपुरमा अटो दुर्घटना, एकको मृत्यु, ८ घाइते

उदयपुरमा अटो दुर्घटना, एकको मृत्यु, ८ घाइते

उदयपुर  : उदयपुरको त्रियुगा नगरपालिकाको दियालेमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

अटो दुर्घटनामा घाइते भएकी उदयपुरको त्रियुगानगरपालिका ४ की ५ वर्षीया नुजल मगरको उपचारको क्रममा ज्यान गएको छ । 

मंगलबार साउनेबाट गाईघाटतर्फ आउँदै गरेको प्र.१–०५–००१ ह.००२७ न.को अटो बेलुका त्रियुगा नगरपालिका १४ दियालेमा अनियन्त्रित भई दुर्घटना हु्ँदा मगरसहित ९ जना घाइते भएका थिए । 

क्षमताभन्दा बढि लोड लिएर आउने क्रममाअनियन्त्रित हु्ँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राकेश पोदारले बताए । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । 

अधिकांश घाइतेको खुट्टा, अनुहार र शरीरका अन्य भागमा चोट लागेको छ ।

 उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको डीएसपी पोदारले बताए । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.