विरोध खतिवडामाथि हातपात भएको छैन : गठबन्धन दल

विरोध खतिवडामाथि हातपात भएको छैन : गठबन्धन दल

मकवानपुर: मकवानपुर क्षेत्र नम्बर-२ का प्रतिनिधि सभा उम्मेदवार बिरोध खतिवडामाथि हातपात नभएको बाम लोकतान्त्रिक गठबन्धनका तीन दलले जनाएका छन् । 

गठबन्धनमा आवद्ध नेपाली कांग्रेस मनहरी गाउँ समिति सभापति प्रकाश बर्तौला, नेकपा माओवादी केन्द्र मनहरीका सचिव सञ्जीव पाठक र नेकपा एकीकृत समाजवादी मनहरी गाउँ कमिटिका अध्यक्ष नारायण श्रेष्ठले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उम्मेदवार खतिवडामाथि कुटपिट नभएको जनाएका हुन् । 

मंगलबार दिउँसो मनहरी गाउँपालिका ४ स्थित गोलघरमा भएको चुनावी सभा स्थलमा खतिवडा पुगेका बेला मदिरा सेवन गरेका व्यक्त लडेको विषयलाई कुटपिट भनेर प्रचार गरिएको विज्ञप्तिमा उल्लेख छ । 

लडेर घाइते भएका उनलाई उद्धार गरी प्रहरीको जिम्मा लगाइएको विज्ञप्तिमा भनिएको छ । 

मकवानपुर क्षेत्र नम्बर-२ मा एकीकृत नेकपा समाजवादीका खतिवडासँग नेकपा एमालेका महेश बर्तौलासहितका उम्मेदवार चुनावी मैदानमा छन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.