आचरसंहिता विपरीतका पर्चा हटाउँदै प्रहरी

आचरसंहिता विपरीतका पर्चा हटाउँदै प्रहरी

रौतहट: जिल्लामा निर्वाचन अचारसंहिताको पालनाको अवस्था बुझ्न अनुगमन थालिएको छ । 

जिल्लामा निर्वाचन आचारसंहिताको पालना गराउने उदेश्यले जिल्ला प्रहरी कार्यालय र मातहत प्रहरी ईकाईहरुबाट आ-आफ्नो वडा तथा नगरक्षेत्रमा खटीएका प्रहरी टोलीले सार्वजनिक स्थान, उद्यान, सार्वजनिक सडकका पोल तथा सार्वजनिक स्थानमा रहेका दलका झण्डा, दल तथा उम्मेदवारको निर्वाचन चिन्ह, ब्यानर र पोस्टरहरुलाई हटाइएको छ ।

आचारसंहिता विपरीतका सामाग्रीहरु हटाउन थालेको रौतहटका डिएसपी सुनिल मल्लले बताए। 

रौतहटमा भने अधिकांश पालिकाका जनप्रतिनिधिहरु निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै आ– आफना दलका उम्मेदवारको पक्षमा खुलेर प्रचारप्रसारमा संलग्न रहेको पाइको छ।

 रौतहटमा रहेको १८ वटा स्थानीय तहमध्ये अधिकांश पालिकाका निर्वाचित नगर प्रमुख, उपप्रमुखदेखि वडा अध्यक्ष र सदस्यहरु समेत आफना पार्टी का साथै गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि मतदाताको घरदैलोमा छन् ।

  स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारको प्रचारप्रसारमा लागेमा कारबाही हुने निर्वाचन आयोगले जनाउदै आएपनि  जिल्लामा स्थानीय तहका अधिकांश कार्यपालिका पदाधिकारी र सदस्यहरू आ–आफना दलका उम्मेदवारको पक्षमा प्रचारमा भेटिने गरेका छन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.