चुच्चे नक्सा : सुदूरपश्चिममा चुनावी मुद्दा

चुच्चे नक्सा : सुदूरपश्चिममा चुनावी मुद्दा

दार्चुला/बैतडी : पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओलीले दार्चुलामा चुनावी कार्यक्रम गरे लगत्तै सत्ता गठबन्धनले पनि दार्चुलाको गोकुलेश्वर, बैतडीको पाटन र कैलालीको सुखडमा चुनावीसभाको आयोजना गरेको छ। बुधबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तीनै स्थानमा चुनावीसभा सम्बोधन गरेका हुन्।

दार्चुलाको गोकुलेश्वरमा चुनावी कार्यक्रम सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भूमि फिर्ता लिन दार्चुला होइन। भारतसँग बोल्न सक्नुपर्ने बताए। ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भनेर संसद्ले बहुमतबाट पारित गरिसकेको छ। अब त्यो भूमि फिर्ता लिन दार्चुला होइन भारतसँग कुरा गर्नुपर्छ’, देउवाले भने।

उनले, दार्चुला आएर बोल्दैमा केही नहुने बताए। ‘ओलीजीले यहाँ आएर बोल्दैमा केही हुँदैन। भूमि फिर्ता ल्याउन भारतसँगै कुरा गर्न सक्नुपर्छ। हामी कूटनीतिक रूपमा पहल गर्छौं’, देउवाले भने, ‘गठबन्धन अहिलेमात्रै नभएर पछिसम्म निरन्तर जान्छ। गठबन्धन राष्ट्रिय आवश्यकता हो। यो पछिसम्म रहन्छ।’

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दार्चुला पुगेर कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेट्न आफूले पहल गरेको दाबी गरे। ‘ओलीले आफूले चुच्चे नक्सा बनाए भनेर हल्ला फिजाए। त्यो झुटो हो। मेरै पहलमा चुच्चे नक्सा बनेको हो’, दाहालले भने। उनले चुनाव जित्न नभई एमाले अध्यक्ष ओलीको दम्भ रोक्न गठबन्धन गरेको बताए। ‘चुनाव जित्न गठबन्धन गरेको होइन। ओलीको दम्भ रोक्न गठबन्धन गरेको हो’ दाहालले भने।

ओलीलालाई आफूले प्रधानमन्त्री बनाएको दाबी गर्दै अध्यक्ष दाहालले भने ‘तेस्रोपटक प्रधानमन्त्री भएर देखाउनुस्।’ दाहालका अनुसार यो निर्वाचन लोकतन्त्र र लोकतन्त्र विरोधीबीच भइरहेको छ। उनले गोकुलेश्वर विमानस्थल पक्की बनाउने वाचा गरे। 

  •     भूमि फिर्ता लिन दार्चुला होइन भारत जानुपर्छ : देउवा
  •     यो गठबन्धन संविधान च्यात्नेहरूसँगको लडाइँ हो : दाहाल

यस्तै, बैतडीको पाटनमा आयोजित चुनावीसभा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सुदूरपश्चिमका गौरवका आयोजना अघि बढ्ने बताए। पश्चिम सेती परियोजना अघि बढ्ने बताएका देउवाले भारतसँग सिमाना जोडिएको बैतडीको झुुलाघाटमा मोटरेबल पुल निर्माणका लागि पनि पहल गर्ने बताए। महाकाली करिडोर पनि द्रुत गतिमा अघि बढ्ने बताए। देउवाले पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई पनि अघि बढाउन पहल भइरहेको बताए। ‘पश्चिम सेती अघि बढ्दैछ। पञ्चेश्वर परियोजनालाई पनि अघि बढाउने सक्दो पहल भइरहेको छ’, देउवाले भने, ‘बैतडीको झुलाघाटमा पुल बनाउन भारतका समकक्षीसँग समन्वय गरेर अघि बढ्छ।’ 
यस्तै, माओवादी केन्द्र अध्यक्ष दाहालले यस वर्षको आमनिर्वाचन अरूबेलाको जस्तो नरहेको बताए।

उनले १२ बुँदे सम्झौता, विस्तृत शान्ति सम्झौता र संविधानसभाबाट संविधान निर्माण गरेको दल र नेताहरूको गठबन्धन रहेको बताए। ‘अहिले संविधान च्यात्नेहरूसँगको लडाइँ हो’, उनले भने, ‘१२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माण गर्नेहरू एक ठाउँमा छौं। संविधान च्यात्ने एकातिर छन्। संघीय व्यवस्था खतरामा पार्न खोजिरहेका छन्। त्यसको नेतृत्व केपी ओलीले गरिरहेका छन्।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.