सुर्खेतका दश मतदान केन्द्र अपाङ्गतामैत्री

सुर्खेतका दश मतदान केन्द्र अपाङ्गतामैत्री

सुर्खेत : सुर्खेतमा मतदान केन्द्रलाई अपाङ्गगतामैत्री बनाइने भएको छ । 

यसका लागि आवश्यक प्रक्रिया अगाडि बढेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ । आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सुर्खेतका १० वटा मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाइने भएको हो ।

यसअघिका निर्वाचनमा अपाङ्गगता भएका व्यक्तिहरुले मतदानको समयमा सास्ती भोग्दै आएका थिए । मतदान केन्द्रहरु अपाङ्गगतामैत्री नहुँदा मतदान केन्द्रसम्म पुग्न, मतदान स्थलमा भीड छिचोल्न र मतदान गर्न अपाङ्गगता भएका व्यक्तिले हैरानी व्यहोर्दै आएका थिए । यही समस्या समाधान गर्न यसपाली मतदान केन्द्रलाई अपाङ्गगतामैत्री बनाउन लागिएको हो । विशेषगरी वीरेन्द्रनगर उपत्यका भित्रका १० वटा मतदान केन्द्र अपाङ्गगतामैत्री हुनेछन् ।  

प्रदेश निर्वाचन कार्यालयका अनुसार वीरेन्द्रनगर भित्रका १० वटा केन्द्रलाई अपांग महासंघको समन्वयमा अपाङ्गगतामैत्री बनाउन लागिएको छ । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले सहजताका लागि वीरेन्द्रनगर भित्रका मतदान केन्द्रलाई अपाङ्गगतामैत्री बनाउन लागिएको जानकारी दिए । 

ती केन्द्रमा दृष्टिविहीन, शारीरिकरुपमा अपाङ्गगता भएका मतदाताहरुले मात्र मतदान गर्न पाउनेछन् । वीरेन्द्रनगर भित्रका जन नमूना मावि, श्रीकृष्ण संस्कृत मावि, अमरज्योति मावि, भैरव मावि, सिद्ध बहिरा स्कुलगायतका केन्द्रलाई अपाङ्गगतामैत्री बनाइने जानकारी उनले दिए । यसले अपाङ्गगता भएका व्यक्तिलाई लामो समयसम्म लाइन लाग्नु नपर्ने र भीडभाडमा हुने झन्झट हट्ने अपेक्षा गरिएको छ ।

यस्तै, सुर्खेत कारागारमा रहेका कैदीबन्दीले पहिलो पटक मतदान गर्न पाउने भएका छन् । सुर्खेत कारागारमा रहेका एकसय एकजना कैदीबन्दीले प्रतिनिधिसभाको समानुपातितर्फ मात्र मतदान गर्न पाउनेछन् । प्रतिनिधिसभाको प्रत्यक्ष तथा प्रदेशसभाका लागि मतदान गर्न पाउने छैनन् । प्रदेश निर्वाचन अधिकारी चालिसेले कारागारभित्रै सवैले देख्न पाउनेगरी मतदान गर्ने व्यवस्था मिलाएको बताए ।

 यसैबीच निर्वाचनमा सुर्खेतमा कार्यरत तीन हजार दुई सय २८ जना कर्मचारीले पनि मतदान गर्न पाउनेछन् । उनीहरुले आफू जहाँ निर्वाचनमा खटिएका छन् त्यहीँबाट मतदान गर्न पाउनेछन् । उनीहरुले पनि प्रतिनिधिसभातर्फको समानुपातिकमा मात्र मतदान गर्न पाउने प्रदेश निर्वाचन अधिकारी चालिसेले जनाए । 

सुर्खेतमा निर्वाचन सम्पन्न गराउन तीन हजार पाँचसय ९ कर्मचारी खटिने छन् । मतदान अधिकृत दुईसय ९५ जना, सहायक मतदान अधिकृत दुई सय ९५ जना, सहायक कर्मचारी एक हजार चार सय ६४ जना, कार्यालय सहयोगी दुई सय ९५ जना र स्वयंसेवक एक हजार एक सय ६० जना खटिने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसैगरी प्रदेश निर्वाचन कार्यालयले कर्णाली प्रदेशका १० वटै जिल्लामा मतपत्र तथा निर्वाचन सामग्रीहरु पुगि सकेको जनाएको छ । हुम्ला, डोल्पा, मुगु, जुम्ला र सुदूरपश्चिमको बाजुरामा हेलिकोप्टरबाट मतपत्र ढुवानी गरिएको छभने हुम्ला, डोल्पा र मुगुमा निर्वाचन सामग्री पनि हेलिकप्टरबाटै ढुवानी गरिएको छ । अन्य जिल्लामा भनेर गाडीबाट सामग्रीहरु पु र्‍याइएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.