निर्वाचन नजिकिएसँगै सीमामा सशस्त्रले बढायो निगरानी

निर्वाचन नजिकिएसँगै सीमामा सशस्त्रले बढायो निगरानी

परासी : निर्वाचन नजिकएसँगै सीमा क्षेत्रबाट चोरी तस्करी बढ्न सक्ने संभावनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले नवलपरासीका सीमा नाकामा निगरानी बढाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २६ हेड क्वाटरले सीमा क्षेत्रमा निगरानीसँगै सुरक्षा गस्ती बढाएको जनाएको छ । निर्वाचनको मौका छोपेर तस्करी र अपराधिक कृयाकलाप बढ्न सक्ने संभावनालाई मध्यनजर गर्दै जिल्लाका सबै सीमा क्षेत्रमा सवारी साधानसँगै पैदल गस्तीलाई बढाएको सशस्त्र प्रहरी बल नवलपरासीका सूचना अधिकारी डीएसपी केशव राज थापाले जानकारी दिए । 

भारतको उत्तर प्रदेश र बिहार प्रदेशसँग जोडिएको जिल्लाको सीमा क्षेत्र २८ कि.मि. लामो छ । ‘अहिले सुरक्षा निकायको ध्यान बढी निर्वाचनमै केन्द्रीत हुने भएकाले त्यसको फाइदा उठाउँदै तस्करी कार्य बढ्न सक्ने भएकाले मातहतका युनिटसँगै भारतीय एसएसबीको सहकार्यमा संयुक्त गस्तीलाई समेत बढाइएको छ, 'डीएसपी थापाले भने ।

 २६ नं. हेडक्वाटर मातहतमा ५ वटा बीओपी र २ वटा सुरक्षा बेस क्याम्प छन् । निर्वाचन नजिकिएसँगै सीमा क्षेत्रमा निगरानी बढाइ अपराधिक गतिविधि नियन्त्रण गर्न हप्ता दिनअघि रुपन्देही, नवलपरासी, कपिलवस्तुका सुरक्षा प्रमुख र सीमा क्षेत्रका भारतीय सुरक्षा प्रमुखहरुको बैठक बसेको थियो ।

 बैठकपछि अहिले सीमा क्षेत्रमा संयुक्त गस्तीलाई पनि तीव्रता दिएपछि अवैधरुपमा ल्याउँदै गरेका सामानसमेत धमाधम बरामद हुन थालेका छन्  । बरामद भएका समानमा चिनी, कपडा, मोबाइल, इलोक्ट्रोनिकलगायतका रहेको सशस्त्र प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.