स्वतन्त्र उम्मेदवारलाई मुख्यमन्त्रीका स्वकीय सचिवले कुटपिट गरे

स्वतन्त्र उम्मेदवारलाई मुख्यमन्त्रीका स्वकीय सचिवले कुटपिट गरे

भोजपुर : भोजपुरमा स्वतन्त्र उम्मेदवारलाई मुख्यमन्त्रीका स्वकीय सचिवले कुटपिट गरेका छन्। 

प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार दिलिपकुमार खतिवडामाथि प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईका स्वकीय सचिव भद्र पराजुलीले हातपात गर्दै ज्यान मार्ने धम्की दिएका छन्।

शनिबार साल्पासिलिछो गाउँपालिका-१, दोभानको सालेवाबाट चुनावी घरदैलो सकेर षडानन्द नगरपालिकाको दिङ्लाबजारस्थित स्थानीय होटलमा खाना खाने क्रममा खतिवडामाथि कुटपिट भएको हो। 

जुनसुकै बेला ज्यान मार्ने धम्की आएपछि खतिवडाले सुरक्षाको माग गरेका छन्। 

'पूर्वमेयर विरबल राईसहित खाना खाँदै राजनीतिक कुराकानी भइरहेका बेला मुख्यमन्त्रीका स्वकीय सचिव भद्र पराजुलीले 'कसलाई झोले भनेको' भन्दै कुटपिट गरे,' खतिवडाले भने, 'सत्ताको आडमा मलाई आक्रमण गरियो, निर्वाचनपछि भागेर कहाँ जान्छस् हेरौला भनेर धम्काए।' 

यता मुख्यमन्त्रीका स्वकीय पराजुलीले तथानाम गालीगलौज गरेकाले ठेलमठेल मात्र भएको बताए। सम्झाउन खोज्दा पनि 'झोले' भन्दै अपशब्द बोलेपछि उम्मेदवार खतिवडालाई नियन्त्रण गर्न खोजिएको उनको भनाइ छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.