तीन मेयर र दुई उपमेयरसँग एमालेले सोध्यो स्पष्टीकरण

तीन मेयर र दुई उपमेयरसँग एमालेले सोध्यो स्पष्टीकरण

रौतहट : नेकपा (एमाले) ले रौतहटका केही स्थानीय तहमा निर्वाचित मेयर र उपमेयरहरूलाई स्पष्टीकरण सोधेको छ।

रौतहटका देवाहिगोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साह कानु, गरुडा नपाका प्रमुख कन्थमणि जयसवाल, मौलापुर नपाका प्रमुख रिनादेवी साह, देवाहिगोनाही नपाकी उपमेयर परनिया देवी, मौलापुर नपाका उपमेयर नागेन्द्र राय यादवलाई एमाले मधेस प्रदेश समितिले २४ घण्टे स्पष्टीकरण सोधेको हो।

पत्रमा २०७९ मंसिर ४ गते हुने निर्वाचनका विषयमा पार्टीको निर्णय विपरीत हिँडेकाले यो स्पष्टीकरण सोधिएको जनाइएको छ।

पार्टीको कार्यकर्ता पार्टीको निर्णय विपरीत तथा पाटीको विरोधमा लाग्नुको वास्तविकता के हो? स्पष्ट खुलाई २४ घण्टाभित्र नेकपा (एमाले) मधेश प्रदेश कार्यालयमा जवाफ पठाउन निर्देशन दिइएको छ।

चित्त बुझ्दो जवाफ नआए पार्टीको विधानअनुसार कारवाही हुने जनाइएको छ।

पार्टीको हित र नीति विपरीत कार्य गरेको पाइएकाले स्पष्टीकरण सोधिएको एमालेका मधेश प्रदेश अध्यक्ष राम आतार यादव जनाएका छन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.