अछाममा कुँवर र बोहराबीच कडा प्रतिस्पर्धा : भीम रावलको क्षेत्रमा जित्ला त एमाले ?
अछाम : अछाममा चुनावी सरगर्मी निकै बढेको छ । उम्मेदवारहरु जनमत आफ्नो पक्षमा पार्न विभिन्न समृद्धिका एजेण्डा लिएर जनताको घरदैलो, खेतवारीमा पुग्ने गरेका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एकातिर गठबन्धन र ( कांग्रेस, समाजवादी र माओवादी ) र अर्कोतर्फ एमालेका उम्मेदवार चुनावी मैदानमा छन्।
नेकपा एमालेका नेता भीमबहादुर रावलको जिल्ला भएकाले निर्वाचन निकै चासोको रुपमा हेरिएको छ ।
अछाममा प्रतिनिधितर्फ दुई निर्वाचन क्षेत्र छन् । भीम रावलको निर्वाचन क्षेत्र नम्बर १ को चुनावलाई धेरैले चासोका साथ हेरेका छन् । यस क्षेत्रबाट २०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा रावल र प्रदेश सभाका चारै सिटमा तत्कालीन वामगठबन्धनका उम्मेदवार विजयी भएका थिए।
अछाम १ मा स्थानीय तहको प्राप्त मतको आधारमा गठबन्धन बलियो छ । कुँवर मतका आधारमा बलियो देखिएपछि जित्नेमा ढुक्क देखिन्छन् भने बोहरा पाटीभित्रको असन्तुष्ट नेता कार्यकर्तालाई समेटेर बिरासत जोगाउने कसरतमा छन् ।
निर्वाचनमा रावलको नाम जिल्लाबाट एकल सिफारिस हुँदा समेत टिकट नपाएपछि अब एमालेको अवस्था कस्तो रहला भन्ने धेरैको चासो र कार्यकर्ताको चिन्ताको विषय बनेको छ । अछाममा रावललाई एमालेले टिकट दिएन । उनको ठाउँमा सुदूरपश्चिम प्रदेश सरकारका पूर्वआर्थिक मामिलामन्त्री झपटबहादुर बोहरा चुनावी मैदानमा छन्।
बोहरासँग गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका नेता श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर प्रतिस्पर्धामा छन् । अछाम १ मा स्थानीय तहको प्राप्त मतको आधारमा गठबन्धन बलियो छ । कुँवर मतका आधारमा बलियो देखिएपछि जित्नेमा ढुक्क देखिन्छन् भने बोहरा पाटीभित्रको असन्तुष्ट नेता कार्यकर्तालाई समेटेर बिरासत जोगाउने कसरतमा छन् ।
२०७४ को निर्वाचनमा सँगसँगै हिँडेका कुँवर र बोहरा अहिले प्रतिस्पर्धी छन् । त्यतिबेला बोहरा माओवादी केन्द्र र कुँवर एमालेमा थिए । अहिले दुबैजना फरक फरक पार्टीबाट उम्मेदवार बनेका छन् । बाम गठबन्धनका तर्फबाट (माओवादी) २०७४ मा प्रदेश सभा (ख) बाट विजयी भएका बोहरालाई अहिले एमालेले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ भने एमालेका नेता कुँवर अहिले एकीकृत समाजवादी (गठबन्धन) बाट उम्मेदवार बनेका छन् ।
यो निर्वाचनमा भने नेकपा एमालेभित्र पनि रावलले टिकट नपाएपछि व्यापक असन्तुष्टि देखिएको छ । २०७४ को प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा एमालेका नेता रावलले २४ हजार ८ सय ९३ मत पाएर विजयी भएका थिए भने रावलका निकटतम प्रतिद्वन्दी कांग्रेसका भरतकुमार स्वाँरले १७ हजार ६ सय ८९ मत पाएका थिए ।
अछाम १ मा स्थानीय तहको प्राप्त मतको आधारमा गठबन्धन बलियो छ । कुँवर मतका आधारमा बलियो देखिएपछि जित्नेमा ढुक्क देखिन्छन् भने बोहरा पाटीभित्रको असन्तुष्ट नेता कार्यकर्तालाई समेटेर बिरासत जोगाउने कसरतमा छन् ।
क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा गठबन्धनबाट कांग्रेसका सुदूरपश्चिम प्रदेशका महामन्त्री समेत रहेका मेघराज खड्का र एमालेका नेता देवबहादुर कुँवर चुनावी मैदानमा छन् । खड्का २०७४ को प्रदेशसभा निर्वाचनमा एमाले उम्मेदवार हर्कबहादुर कुँवर गोबिन्दसँग पराजित भएका थिए । त्यस्तै प्रदेश सभा २ बाट गठबन्धनबाट माओवादी केन्द्रका झपट साउद र एमालेका कृष्णप्रसाद जैसीबीच प्रतिस्पर्धा हुने भएको छ ।
अछाम निर्वाचन क्षेत्र नं १ मा पाँच पालिका छन् । स्थानीय तहको निर्वाचनमा पाँचै पालिकाको प्रमुखमा गठबन्धनले जितेको छ । एमालेले बान्नीगढी जयगढ गाउँपालिकामा उपाध्यक्ष पद मात्र जितेको छ । चार पालिकामा कांग्रेसले प्रमुख र कांग्रेससँगको गठबन्धनमा एउटा पालिकामा माओवादीले प्रमुख जितेको छ । स्थानीय तहको निर्वाचनमा पालिका प्रमुखको प्राप्त मतको आधारमा गठबन्धनसँग २७ हजार १ मत छ भने एमालेसँग १७ हजार १ सय ३८ मत रहेको छ ।
४२ वडा रहेका क्षेत्र नं १ मा १९ वडा कांग्रेस, १३ एमाले, ५ माओवादी केन्द्र, ३ स्वतन्त्र र २ एकीकृत समाजवादीले जितेका छन् । कांग्रेसका वडा अध्यक्षहरुले १६ हजार ७२८ मत पाएका छन् भने एमालेले १७ हजार १४, नेकपा माओवादी केन्द्रले ५ हजार ७ सय २९, एकीकृत समाजवादीले २ हजार ७ सय ५० मत र स्वतन्त्रले १ हजार २१६ मत पाएका छन् ।
निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार राजन कुँवर, हिक्मत कुँवर र हाम्रो नेपाली पार्टीका तेजप्रसाद शर्मा पनि चुनावी मैदानमा छन् ।