गठबन्धनलाई जिताउनुहोस्, हामी पाँचवर्षसम्म संसद चलाउँछौं : देउवा

गठबन्धनलाई जिताउनुहोस्, हामी पाँचवर्षसम्म संसद चलाउँछौं : देउवा

परासी : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन टुटाउनका लागि झगडा लगाउने तत्व लागि परेको बताएका छन् । आफूहरुको बीचमा असहमति पैदा गरी गठबन्धन फुटाउन एकथरी तत्व लागेको बताउँदै त्यसका कसैले पनि चिन्ता नगर्न आग्रह गरे ।

समावेशी संविधान बचाउन गठबन्धन भएको बताउँदै देउवाले पाँचदलीय गठबन्धन चुनावपछि पनि कायम रहनेमा कसैले शंका नगर्न आग्रह गरे । लोकतान्त्रिक बाम गठबन्धनले मंगलबार नवलपरासीको बर्दघाटस्थित चौपातामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री देउवाले नेपालमा जस्तो समावेशी र आरक्षणसहितको संविधान अन्य कुनै देशमा नभएको दाबी गरे । 

गठबन्धनले चुनाव जितेपछि बिना कारण संसद भंग नगर्ने पनि देउवाको भनाइ थियो । 'आफ्नो विरोध हुने वित्तिकै ओलीले रिसको झोकमा विना कारण संसद भंग गरे । हुँदै नभएको अधिकार प्रयोग गरेर ओलीको जस्तो गरी हामीले संसद भंग गर्दैनौं । हामी ५ वर्ष संसद चलाउँछौं । त्यसका लागि गठबन्धनलाई जिताउन आवश्यक छ,' उनले भने । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.