दार्चुलामा ठगुन्नाको ह्याट्रिक कि बडुको कमब्याक ?

दार्चुलामा ठगुन्नाको ह्याट्रिक कि बडुको कमब्याक ?

दार्चुला : दार्चुलामा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दीलेन्द्र प्रसाद बडु र नेकपा एमालेका गणेश सिंह ठगुन्नाबीच कडा प्रतिस्पर्धा हुने भएको छ। बडु बहालवाला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री हुन् भने ठगुन्ना केपी ओली सरकारका पूर्व मन्त्री हुन्। बडु यसअघि दुईपटक समानुपातिकबाट सांसद बनेका हुन् भने गठुन्ना प्रत्यक्षमा जित्दै आएका नेता हुन्।

ठगुन्ना २०७० साल र २०७४ सालका अपराजित राजनीतिक खेलाडी हुन्। बडुले यसपाली पनि समानुपातिकमा बस्न नपाउने भएकाले उनले प्रत्यक्षमा प्रतिस्पर्धा गरेका हुन्। बडुलाई दार्चुलामा सत्ता गठबन्धन अथवा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ छ। देशका ठूला दलहरूले दार्चुलालाई राजनीतिक रणभुमीको केन्द्रबिन्दु बनाएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दार्चुलाको खंगलाबाटै आफ्नो चुनावी प्रचार अभियानको सुरुआत गरेका थिए भने सत्ता गठबन्धनले पनि दार्चुलामा चुनावी सभा गरिसकेको छ। 

एमालेले चुच्चे नक्सालाई सुदूरपश्चिमको राजनीतिका लागि महत्वपूर्ण ऐजेन्डाका रुपमा अघि बढाएको छ। तर, कांग्रेस–माओवादीको गठबन्धनले पनि चुच्चे नक्सालाई नै प्राथमिकता दिँदै आएको छ।

जिल्ला निर्वाचन कार्यालयको तथ्यांकअनुसार दार्चुलामा ८९ हजार १५४ मतदाता रहेका छन्। ९ वटा स्थानीय तह रहेको दार्चुलामा कांग्रेस यसपालीको चुनावमा नील रह्यो। यहाँ ५ पालिका एमाले र ४ पालिकामा नेकपा माओवादी केन्द्रले जितेको छ। कांग्रेसका ‘हेविवेट’ नेता बडुले दार्चुलामा एक स्थानीय तह पनि जिताउन नसकेको आरोप त उनलाई छँदैछ, त्यसैमा दार्चुलामा कम बस्ने नेतामा पनि बडुको नाम आउँछ।

२०७४ सालको निर्वाचनको तथ्यांक हेर्ने हो भने एमालेका गणेश सिंह ठगुन्नाले ६ हजार ७ सय ६५ मत अन्तरले जितेका छन्। त्यतिबेला ठगुन्नाका प्रतिस्पर्धी कांग्रेसका विक्रम सिंह धामी थिए। कांग्रेसले यसपाली धामीलाई दार्चुला २ बाट प्रदेशसभा सदस्यमा टिकट दिइएको छ। त्यो क्षेत्र धामीको नभएकाले पनि उनलाई चुनाव जित्ने चुनौति थपिएको छ। धामी देउवा पक्षका नेता हुन भने बडु कोइराला पक्षमा गनिन्छन्। कांग्रेस सरकारमा जानेवित्तिकै कोइराला पक्षबाट मन्त्री पाइहाल्ने बडु यसपाली पनि सोही कोटाबाट टिकट पाएका नेता हुन्। २०७४ सालको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको तालमेलका कारण धेरै मतान्तरले जितेका ठगुन्नालाई पनि यसपाली सत्ता गठबन्धनसँग जित्न सहज भने छैन। यसपाली नेकपा माओवादी केन्द्र कांग्रेससँग जोडिएको छ भने एमालेको केही भाग पनि समाजवादी भएको छ।

हुन त, स्थानीय तहको निर्वाचनको तथ्यांक केलाउँदा नेकपा एमाले दार्चुलामा सत्ता गठबन्धनभन्दा पनि बलियो छ। स्थानीय तह निर्वाचनमा गठबन्धनले २९ हजार ७ सय ५० मत पाउँदा एमाले एक्लैले ३० हजार ४ सय २ मत प्राप्त गरेको छ। सत्ता गठबन्धनकै अर्को घटक नेकपा (एकीकृत समाजवादी) ले १ सय ५३ मत प्राप्त गरेको थियो।

एमालेमा संगठन तथा आन्तरिक एकता बलियो हुनु, स्थानीय तह निर्वाचनको मत परिणाम अनुकुल हुनु, पालिका चुनावपछि कांग्रेस, माओवादी र समाजवादीका केही प्रदेश र जिल्ला कमिटीका नेतासहित कार्यकर्ताले एमाले प्रवेश गर्नुले ठगुन्नालाई फाइदा भएको छ। ‘हामी स्थानीय तहको निर्वाचनमा गठबन्धनभन्दा बलिया छौं, त्यसैले दार्चुलामा एमालेले जित्छ’ ठगुन्नाले भने।

बडु भने माओवादीको आसमा छन्। गठबन्धनले सघाए जित्ने उनको पनि दाउ छ। गठबन्धनका सबै पार्टीको मत जोड्दा एमालेको हाराहारीमा पुग्नु, केन्द्रीय राजनीतिमा बलियो प्रभाव हुनु, अहिले पनि सरकारमा हुनु जस्ता कारणले बडुले चुनाव जित्ने कांग्रेसको दाबी छ। ‘दार्चुलाका विभिन्न स्थानमा खाद्य डिपोहरू सञ्चालनमा ल्याएँ, नेपाल–भारत जोड्ने मोटरेबल पुलको शिलान्यास भयो, दार्चुलाको च्यांग्रा काठमाडौंमा बिक्री भयो, उद्यमीलाई प्रविधि हस्तान्तरण गरियो, मैले गरेका यी काम जनताले देखेका छन्, त्यसैले मलाई भोट दिन्छन्’, बडुले भने।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.