रामेछाप कांग्रेसका बागी उम्मेदवार राउतको कान्छारामलाई समर्थन

रामेछाप कांग्रेसका बागी उम्मेदवार राउतको कान्छारामलाई समर्थन

रामेछाप : पार्टीप्रति असन्तुष्टि जनाउँदै गत असोज २३ गते स्वतन्त्र उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेस रामेछापका पूर्वसचीव चन्द्रबहादुर राउतले गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ ( कान्छाराम) लाई समर्थन गर्ने भएका छन् । 

नेपाली कांग्रेसमा आफ्नो रगत पसिना बगाएको र आफू पार्टीको जिम्मेवार व्यक्ति भएकाले अन्तिम घडीमा पार्टीलाई धोका नदिने भन्दै आफ्नो उम्मेदवारी निष्क्रिय पारेको  र आफ्नो क्यामेरा चिन्हमा मतदान नगर्न आग्रह गरेका छन् । 

जिल्ला सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गर्दै राउतले पार्टी प्रतिको विमति कायम रहे पनि हाललाई आफ्नो उम्मेदवारी नरहेको र पूर्णबहादुर कान्छारामलाई समर्थन गरेको जनाएका छन् । 

आफू लामो समयदेखि जिल्ला पार्टीको महत्त्वपूर्ण पदमा रहेर काम गरेको र नेपाली कांग्रेसलाई जिताउनुपर्ने अवस्थालाई मध्यनजर गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय रहेको राउतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

राउतले निर्वाचन आयोगले आफूलाई प्रदान गरेको क्यामेरा चिन्हमा मतदान नगरी पार्टीको उम्मेदवारलाई रुख चिन्हमा मतदान गर्न आग्रह गरेका छन् । राउतलाई जिल्लाका अधिकांश नेता तथा कार्यकर्ताले धेरै आग्रह गरेपछि आफ्नो उमेदवारी निष्क्रिय रहेको बताएका छन् । 

राउतलाई पार्टीले उचित स्थान दिने र सम्मान गर्ने संघीय सांसदका उम्मेदवार कान्छारामले प्रतिबद्धता व्यक्त गरेका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.