नवलपरासीका प्रदेशसभामा अंकगणितमा गठबन्धनअघि

नवलपरासीका प्रदेशसभामा अंकगणितमा गठबन्धनअघि

परासी : स्थानीय तहको चुनावी अंक गणितअनुसार नवलपरासीका चार प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये तीन निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार अघि देखिएका छन् । जिल्लामा दुई निर्वाचन क्षेत्र छन् ।

 
निर्वाचन क्षेत्र नं. १ को ‘ख’मा जनता प्रगतिशील पार्टी (जप्रपा) र जनता समाजवादी पार्टी (जसपा) को सहयोगमा उठेका एमालेका उम्मेदवार अघि देखिएका छन् । बाँकी सबैमा गठबन्धनका उम्मेदवार अघि देखिएका हुन् । स्थानीय तहको निर्वाचनमा देखिएको मत परिणामको अवस्था यथावत रहने अवस्था भने छैन । मंसिर ४ गते हुने चुनावमा जिल्लाका चारवटै प्रदेशसभा निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन दलबीच नै एकमत छैन । कुनै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनकै घटकले एकअर्का विरुद्ध उम्मेदवारी दिएका छन्, भने उम्मेदवारी नदिएका क्षेत्रमा पनि सम्बन्ध राम्रो देखिएको छैन । अन्य दलहरुले पनि तालमेल गरेर चुनावमा उत्रिएकाले गठबन्धनसँग कडा प्रतिस्पर्धा छ । 

निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा‘क’मा गठबन्धन एकीकृत समाजवादी(एस)बाहेक गठबन्धनको सहयोगमा नेपाली कांग्रेसका विश्वप्रेम पाठकले उम्मेदवारी दिएका छन् ।  । त्यहाँ एककीकृत समाजवादीले उम्मेदवारी दिएको छ । पाठकसँग जप्रपा तथा जसपाको सहयोगमा उम्मेदवार बनेका एमालेका उम्मेदवार पुण्य प्रसाद पौडेलबीच प्रतिस्पर्धा छ ।  स्थानीय तहको मतअनुसार त्यहाँ कांग्रेसका पाठक एमालेका पौडेलभन्दा  ३ हजार ६४८ मतले अघि छन् । त्यस क्षेत्र मा ८ राजनीतिक दल र ८ स्वतन्त्र गरी १६ जनाले प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका छन् । 

त्यस्तै प्रदेशसभा ‘ख’ मा गठबन्धन घटकका माओवादी केन्द्र र कांग्रेसका दुबै उम्मेदवारले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट देवकरण कलवार र माओवादीबाट रामानन्द यादवले उम्मेदवारी दिएका छन् । गठबन्धनबाट माओवादीको मत आफ्नै उम्मेदवारलाई जाने छ । एमालेबाट दीपकराज शर्माले उम्मेदवारी दिएका छन् । 

एमालेलाई जप्रपा र जसपाले समर्थन गरेको छ । स्थानीय तहको निर्वाचनअनुसार कांग्रेसका उम्मेदवार कलवारभन्दा एमालेका उम्मेदवार शर्मा ५ हजार ६४९ मतले अघि देखिएका छन् । स्थानीय तहमा माओवादीले त्यस क्षेत्रमा २ हजार ९३३ मत पाएको छ । त्यस क्षेत्रमा ८ राजनीतिक दल र ३ स्वतन्त्र गरी ११ जनाले प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका छन् । 

त्यसैगरी निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा ‘क’मा स्थानीय तहको मतअनुसार नेपाली कांग्रेसको गठबन्धनमा उम्मेदवारी दिएका माओवादी केन्द्रका चिनक कुर्मी झिनो मतले अघि छन् । जप्रपा र जसपाले समर्थन गरेका एमालेका थान प्रसाद गैरेभन्दा जम्मा १ सय मतले कुर्मी अघि देखिएका छन् । त्यस क्षेत्रमा ७ राजनीतिक दल र ४ स्वतन्त्र गरी ११ जनाले प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।

त्यसैगरी स्थानीय तहको मतअनुसार त्यस निर्वाचन क्षेत्रको प्रदेशसभा ‘ख’ मा गठबन्धनबाट उम्मेदवारी दिएका बैजनाथ कलवार र एमाले र जप्रपाको सहयोगमा उम्मेदवारी दिएका जनता समाजवादी पार्टीका धरेन्द्र यादवभन्दा २ हजार ९७१ मतले अघि छन् । 

त्यस निर्वाचन क्षेत्रमा ७ राजनीतिक दल र ७ स्वतन्त्र गरी कुल १४ जनाले प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका छन् । स्थानीय तहको मत अनुसारको अंक गणित जस्तो सुकै देखिएपनि स्थानीय चुनावी माहोल भने भिन्न छ । केही प्रदेशसभाका निर्वाचन क्षेत्रमा स्वतन्त्रसहित राप्रपा, लोसपाका उम्मेदवारको चुनावी माहोल पनि राम्रो देखिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.