डोटीमा मतदान केन्द्रको तयारी पूरा

डोटीमा मतदान केन्द्रको तयारी पूरा

डोटी : मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको तयारी डोटीमा पूरा भइसकेको छ। 

सुरक्षा व्यवस्थासहित मतदान केन्द्रहरूको तयारी पूरा भइसकेको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेयले जानकारी दिएका छन्।

‘सबै मतदान केन्द्रहरूमा मतदान अधिकृत सहितका कर्मचारीहरू पुगिसकेका छन्’, पाण्डेयले भने, ‘सर्वदलीय बैठक बसेर सबै केन्द्रमा विभिन्न विषयमा सूचनासमेत टाँस गरी सकिएको छ।’

डोटीमा एक सय ७७ वटा स्थायी मतदान केन्द्रहरू रहेका छन् भने जिल्ला कारागारमा एउटा अस्थायी मतदान केन्द्र रहेको छ। जसमा पद्म पब्लिक मुक्तिनारायण मावि र डोटी बहुमुखी क्याम्पसमा रहेका मतदान केन्द्र महिलामैत्री बनाइएका छन्।

निर्वाचनका लागि जिल्लाभरी एक हजार चार सय १४ जना कर्मचारी परिचालित भएका छन्। जसमा मतदान अधिकृत एक सय ७८ जना, सहायक मतदान अधिकृत पनि एक सय ७८ छन्।

त्यसैगरी सहायक कर्मचारी आठ सय ८१ जना खटिएका छन् भने कार्यालय सहयोगी एक सय ७७ जना रहेका छन्। ४-४ जना मतदान अधिकृत र सहायक मतदान अधिकृत जगेडा राखिएको बताइएको छ। 

कुल निर्वाचनमा खटिएका कर्मचारीहरूमा एक हजार चार जना कर्मचारी र चार सय १० जना शिक्षकछन्।

२ हजार १७३ जना सुरक्षाकर्मी

निर्वाचनका लागि डोटीमा दुई हजार एक सय ७३ जना सुरक्षाकर्मी खटाइएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिए।

मतदान केन्द्र तीनवटा सुरक्षा घेरामा रहने छ। जिल्लाभरी नेपाल प्रहरी र म्यादी प्रहरी एक हजार पाँच सय १८ जना खटाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाले जानकारी दिए।

जिल्लाभरीका मतदान केन्द्रहरूमा नेपाली सेना चार सय ४० र सशस्त्र प्रहरी दुई सय १५ जना खटाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.