भोट हाल्न भारतबाट फर्कंदै गरेका वृद्ध मृत फेला

भोट हाल्न भारतबाट फर्कंदै गरेका वृद्ध मृत फेला

डोटी : डोटीको जोरायल- ३ तोडेगडाका एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ६० वर्षका हिरालाल वली मृत फेला परेका हुन् ।

भारतको सिम्लामा काम गर्दै आएका वली निर्वाचनमा मतदानका लागि घर फर्किने क्रममा जोरायल गाउँपालिका ३ चन्कट्टे नजिकै सेरी बर्बरा खेतमा बाटोको छेउमै मृत भेटिएका प्रहरीले जानकारी दिएको छ ।

अहिले ईलाका प्रहरी कार्यालय जोरायलका सइ गंगाराम टमाटा नेतृत्वको टोली घटनास्थल पुगेको छ ।

उनको साथमा झोला र नजिकै मदिराको बोत्तल पनि रहेकोले मदिरा सेवन गरी राती जाडोले कठ्याङ्ग्रिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । घटना हिजो राती भएको हुनसक्ने बताइएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.