डोटीमा मतगणना बेलुका ५ बजेदेखि हुने

डोटीमा मतगणना बेलुका ५ बजेदेखि हुने

डोटी : डोटीमा बेलुका ५ बजेदेखि मतगणना सुरू हुने भएको छ । भरखरै सम्पन्न भएको सर्वदलीय बैठकबाट सोमबार बेलुकी ५ बजेदेखि मतगणना हुने सहमति भएको हो ।

मतगणना स्थलको व्यवस्थापन गर्नुपर्ने भएकाले ५ बजेदेखि मतगणना सुरू गर्नुपर्ने भएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेयले जानकारी दिए ।

मतगणनास्थल जिल्ला अदालत र दिपायल सिलगढी नगरपालिकाको सभाहलमा हुनेछ।

डोटीमा जम्मा मतदाता एक लाख २४ हजार आठ सय ७० रहेका छन् । जसमा ६४ हजार ५८ मत खसेका छन् । खसेकामा महिला मतदाता ३६ हजार छ सय एक र पुरूष मतदाता २७ हजार चार सय ५७ रहेका छन् ।

डोटीमा जम्मा ५१.१७ प्रतिशत मत खसेको हो। डोटीमा एक प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा क्षेत्र रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.