उदयपुर-२ मा एमालेका उम्मेदवार मतान्तर बढाउँदै
![उदयपुर-२ मा एमालेका उम्मेदवार मतान्तर बढाउँदै](https://annapurnapost.prixacdn.net/media/albums/amber-raya-majhi_20221122084829_jxBjifYujV.jpg)
उदयपुर : उदयपुरको क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझीले अग्रता लिएका छन्।
लोकतान्त्रिक–वामगठबन्धनबाट उम्मेदवारी दिएका नेकपा एसका उपमहासचिव जगन्नाथ खतिवडासँग १ हजार २०७ मतको अन्तर बनाएका छन्। १९ हजार ७०० मत गणना सम्पन्न हुँदा रायमाझीले ७ हजार २५९ मत र खतिवडाले ६ हजार ५२ मत प्राप्त गरेका छन्।
खतिवडालाई स्वतन्त्र उमेदवार रामुकुमार राईले पछ्याइरहेका छन्। राईले ४ हजार २२ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा ४५ हजार २०३ मत झरेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)