बैतडीमा एमालेका दामोदर भण्डारीको अग्रता कायमै

बैतडीमा एमालेका दामोदर भण्डारीको अग्रता कायमै

बैतडी : बैतडीमा नेकपा एमालेले अग्रता कायमै राखेको छ। एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार दामोदर भण्डारीले सुरुदेखि नै अग्रता कायम राखेका छन्। 

प्रतिनिधिसभा तर्फको ९,३४७ मत गाणना हुँदा भण्डारीले ४,४५८ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका नरेन्द्र बहादुर कुवँरले ३,७६४ मत ल्याएका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाशचन्द्र भट्टले १९७ मत ल्याएका छन्। 

त्यसैगरी प्रदेशसभा क्षेत्र नं (क)मा पनि नेकपा एमालेका सुरेन्द्र पालले अग्रता कायमै राखेका छन्। पालले ४,३२० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले २,९४४ मत ल्याएका छन्। प्रदेशसभा (क)मै कांग्रेसका बिरबहादुर बिष्टले मत १,५४९ पाएका छन्। 

त्यसैगरी प्रदेशसभा क्षेत्र नं (ख)मा नेपाली कांग्रेसका शिवराज भट्टले ४,४८८ मत ल्याएर अग्रता कायमै राखेका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लिलाधर भट्टले ४,२४१ मत ल्याएर पछ्याइरहेका छन्। 

बैतडीमा १ लाख ५० हजार १५६ मतदाता रहेकोमा आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा ७८,३६९ मत खसेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.