गठबन्धनले मतदान केन्द्र कब्जा गरेको एमालेको आरोप

गठबन्धनले मतदान केन्द्र कब्जा गरेको एमालेको आरोप

मुगु : मंसिर ४ गते सम्पन्न निर्वाचनमा सोरु गाँउपालिकाको पाँच वटा मतदान केन्द्रमा गठबन्धले मतदानकेन्द्र कब्जा गरेको आरोप लागएका छन्।

बुधबार बिहान ८ बजे मुख्य निर्वाचन कार्यालय अगाडि नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजबहादुर कार्की र प्रदेश निर्वाचन क्षेत्र (ख) का उम्मेदवार कर्णबहादुर मल्लले पत्रकार सम्मेलन गरी गठबन्धनले सोरु गाँउपालिकाको पाँच मतदान केन्द्रलाई आफ्नो कब्जामा लिएर एकतर्फी मतदान गरेको आरोप लगाएका हुन्।
 
काठमाडौं र विदेशमा रहेका साथै मृत्यु भएका मतदाताहरुको मतदान गठबन्धनका नेता कार्यकर्ताले सोरु गाँउपालिकाको १,२,४,५ र ६ वडाका पाँच मतदान केन्द्र कब्जामा लिएर गरेका उनीहरुको आरोप छ। उक्त मतदान केन्द्रमा रहेका आफ्ना पार्टी प्रतिनिधिलाई मार्ने धम्कीसमेत दिंदै मतदान केन्द्र कब्जामा लिएको पत्रकार सम्मेलनमा एमालेका प्रतिनिधिसभा उम्मेदवार राजबहादुर कार्कीले बताए।

 
यी मतदान केन्द्रमा गठबन्धनले बिहान मतदान सुरु भएदेखि मतदान सकिंने बेलासम्म मतदान केन्द्र आफ्नो कब्जामा लिएर  जिल्ला बाहिर र विदेशमा रहेकाहरुको समेत मतदान गरेका साथै मतदानकेन्द्रमा रहेका प्रतिनिधिलाई मार्ने धम्की दिएका उनीहरुले बताएका छन्। सो जानकारी बिहानै मुख्य निर्वाचन अधिकृतलाई दिएको भए पनि बेवास्ता गरेका एमालेका प्रदेश उम्मेदवार कर्णबहादुर मल्लले बताए।

जिल्लाका सबै मतपेटिका मंगलबारसम्म पुगिसकेका भए पनि सर्वदलीय बैठकमा एमालेले यी मतदान केन्द्रमा पुन निर्वाचन गर्नु पर्ने अडान राखेका छन्। मंगलबार रातीबाटै मत रणना गर्ने तालिका बनाएको भए पनि मंलबार राति अबेरसम्म सहमति नहुँदा बुधबार बिहान ८:३० बजेबाट मतगणना सुरु भएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.