दीपेन्द्र झालाई पराजित गर्दै अभिराम शर्मा विजयी
जनकपुरधाम : महोत्तरी क्षेत्र नं. ३ (क) बाट लोसपाका निवर्तमान प्रदेशसभा सदस्य अभिराम शर्मा पुनः निर्वाचित भएका छन्।
उनले ९ हजार ८९२ मत ल्याएर जनता समाजवादी पार्टीका दीपेन्द्र झालाई पराजित गरेका हुन्। मधेस प्रदेशका निवर्तमान मुख्यन्यायाधिवक्तासमेत रहेका झा ९ हजार ८८७ मत ल्याए।
विजयी भएका शर्मा पूर्व राज्यमन्त्रीसमेत हुन्। उनी २०७४ को निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका थिए। झा चुनावको मुखमा मुख्यन्यायाधिवक्ता पदबाट राजीनामा दिएर जसपामा प्रवेश गरी राजनीतिमा लागेका हुन्।
प्रतिक्रिया दिनुहोस !