ट्याक्टर दुर्घटनामा एक वृद्धको मृत्यु
झापा : झापामा ट्याक्टर दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-९ निवासी ७२ वर्षीय वृद्ध बुद्धराज श्रेष्ठ रहेको जिल्ला ट्राफिक कार्यालय बिर्तामोडले जनाएको छ।
प्रहरीका अनुसार धान बोकेर आउँदै गरेको प्र१-०१-००१त ८४८९ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा श्रेष्ठको मृत्यु भएको हो। ट्याक्टरको ट्रलीमा राखिएको धानमाथि उनी बसेका थिए।
दुर्घटनामा परी घाइते भएका श्रेष्ठलाई उपचारका लागि बिएण्डसी हस्पिटल बिर्तामोड लैजादै गरेको अवस्थामा बाटैमा मृत्यु भएको थियो। घटनापछि ट्रयाक्टर चालक ज्ञानबहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।