डाका र जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त १२ वर्षपछि पक्राउ
झापा : झापामा डाका र जबरजस्ती करणी मुद्दाका एक फरार अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कनकाई नगरपालिका-४ निवासी ७७ वृद्ध वर्षीय धनपति ढुंगाना रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए।
प्रहरीका अनुसार झापा जिल्ला अदालत भद्रपुरको २०६७ पुस १३ गतेको फैसला अनुसार डाका र जबरजस्ती करणी मुद्दाका फरार ढुंगानालाई ६ बर्ष कैद र ७५ हजार जरिवानासहितको सजाय तोकेको थियो।
फैसला सुनवाइ हुनुअघिदेखि नै फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो।
पक्राउ परेका उनलाई अदालतमा पेस गरी कैद भुक्तानका लागि झापा कारागार भद्रपुर पठाइसकेको डीएसपी पाठकले बताए।