धनुषा ४(ख)मा एमालेका हरिनारायण निर्वाचित, मधेस प्रदेशका मन्त्री पराजित

धनुषा ४(ख)मा एमालेका हरिनारायण निर्वाचित, मधेस प्रदेशका मन्त्री पराजित

ढल्केवर(धनुषा) : धनुषा क्षेत्र नम्बर ४ ख बाट नेकपा एमालेका हरिनारायण महतो निर्वाचित भएका छन्। नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार शत्रुधन महतोलाई १ हजार ३४२ मतान्तरले पराजित गर्दै एमालेका महतो विजयी भएका हुन्।

मधेस प्रदेशका उद्योग पर्यटन तथा वनमन्त्रीसमेत रहेका शत्रुधनलाई मिथिला नगरपालिकाका पूर्वमेयर समेत रहेका एमालेका उम्मेदवार हरिनारायणले पराजित गरेका छन् ।

प्रदेशसभामा निर्वाचित हरिनारायणले  १७ हजार ३०२ मत प्राप्त गरेका छन् भने सतारुढ गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार शत्रुधनले १५ हजार ९६० मत ल्याएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.