भेटिएको सय मतपत्र बदर गर्ने निर्णय : एमाले लगायतका २० उमेदवारद्वारा गणना बहिस्कार

भेटिएको सय मतपत्र बदर गर्ने निर्णय : एमाले लगायतका २० उमेदवारद्वारा गणना बहिस्कार

उदयपुर : प्रतिनिसभा सदस्यको मतपेटिकामा प्रदेशसभा सदस्यको भेटिएको मतपत्र गणना नगर्ने निर्णयसँगै नेकपा एमाले लगायतका बीस जना उमेदवारले मतगणना बहिस्कार गरेका छन् ।

मंगलबार बिहान मुख्यनिर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले भेटिएको सय थान मतपत्र बदर गर्ने निर्णय सुनाएसँगै एमाले लगायतका दलहरुले गणना बहिस्कार गरेका हुन् ।  गणना बहिस्कार गर्दै नाराजुलुससहित निस्किएका एमाले कार्यकर्ताले मुख्यनिर्वाचन अधिकृतलाई सत्ताको चरम दुरुपयोग गरेको आरोप लगाएका छन् । 
    

एमाले उमेदवार मन्जुकुमारी चौधरीले न्याय दिने व्यक्ति नै सत्ता र शक्तिको प्रलोभनमा परको आरोप लगाइन् । उनले भनिन्, ‘मुख्यनिर्वाचन अधिकृत न्यायाधीशबाट यस्तो निर्णय आउँछ भन्ने हामीले सोचेका थिएनौं, उहाँबाट सत्ता र शक्तिको दुरुपयोग भयो, यसको हिसाव हामी खोज्छौं।'

एमाले अध्यक्ष परमेश्वर घिमिरेले मतगणना पूर्व मंसिर ५ गते भएको सर्वदलीय बैठकको निर्णय अनुसार अन्य मतपेटिकामा भेटिएको मतपत्र मुख्यनिर्वाचन अधिकृतले नै गणना नगर्ने निर्णय सुनाउनुले स्वतन्त्र न्याय दिन नसकको आरोप लगाए । उनले पुनः मतदान गर्नु पर्ने एमालेको बटमलाईन यथावत रहेको बताए । एमालेले पुनः मतदानको माग गर्दै निर्वाचन आयोगमा निवेदनसमेत दिएको छ ।

न्यायाधिशविरुद्ध चर्को नारावाजीसहित गणना स्थलबाट वाहिरिएका एमाले कार्यकर्ताले दिउँसो आन्दोलन गर्ने तयारी गरेको छ । यता एमालेसहितका उमेदवार बाहिरिएपछि मुख्यनिर्वाचन अधिकृतले गणना कार्य सुरु गरेका छन् । पटक–पटक मतगणनाका लागि प्रतिनिधि पठाई दिन आग्रह गर्दा उमेदवारले प्रतिनिधि नपठाएपछि गणना कार्य सुरु गरिएको मुख्यनिर्वाचन अधिकृत सुवेदीले बताए । 
उनले भने, ‘हामीले प्रतिनिधि पठाइदिनु भनेका छौं, ज–जसले पठाउनु भयो त्यहीँ अनुसार गणना सुरु गरेका हौं।' गणनाका लागि अहिलेसम्म नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले मात्र प्रतिनिधि पठाएको छ बाँकी उमेदवारले बहिस्कार गरी गणना स्थल छोडेका छन्।

मतगणना सुचारु गर्न पटक–पटक बसेको सर्वदलीय बैठकबिना निष्क्रिय टुङ्गिएपछि मुख्यनिर्वाचन अधिकृतले मंगलबार यस्तो निर्णय गरेका हुन् । गणना कार्य स्थगित हुनुको कारणसहित निर्वाचन आयोगलाई निर्णयका लागि पठाइएको पत्रको जवाफमा मुख्यनिर्वाचन अधिकारीलाई निर्णय गर्ने अधिकार प्रत्यायोजन गरेको थियो । एमालेले भेटिएको प्रदेशसभाको मतपत्र गणना गर्नु पर्ने अडान राखिरहँदा कांग्रेसले गणना गर्न नहुने अडान राखेको थियो । 

आइतबार मतगणनाका क्रममा पछिल्लो पटक खोलिएको १० वटा मतपेटिकामा उदयपुर १ (२) प्रदेश सभाको १ सय मत पत्र भेटिएपछि गणना रोकिएको थियो । ६३ हजार ८० मत गणना भइसकेपछि थप गणनाका लागि १० वटा मतपेटिका खोल्दा प्रदेशतर्फको एक सय वटा मतपत्र भेटिएको थियो । 

७६ हजार ७५६ मत खसएको यो क्षेत्रको ६३ हजार ८० मत गणना भइसकेको छ । गणना भइसकेकोमा कांग्रेस उम्मेदवार नारायण खड्काले १ हजार ८२५ मतले अग्रता लिएका छ्न्। खड्काले २७ हजार ४८४ मत प्राप्त गरेका छ्न् भने एमालेकी मन्जुकुमारी चौधरिले २५ हजार ६५९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.