भूकम्प पीडित तीन सातादेखि त्रिपालमुनि

भूकम्प पीडित तीन सातादेखि त्रिपालमुनि

डोटी : डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका पदमसिं बोहेराले गत २२ कात्तिकमा गएको भूकम्पमा ३० वर्षीया पत्नी भगवतीदेवी, १३ वर्षीया छोरी सीता र ७ वर्षका छोरा हर्कलाई गुमाए। उनीसँग ६६ वर्षकी आमा र ११ वर्षकी छोरी छन्। भूकम्पबाट परिवारका तीन सदस्य गुमाएका बोहराले पहिलो आवश्यकता घर भएको बताए। ‘लुगाकपडा, खाद्यान्न विभिन्न संघ संस्था तथा गाउँपालिकाले दिइरहेको छ’, बोहराले भने, ‘चिसोका कारण त्रिपालको बसाइ दयनीय बन्दै गएको छ। कहिले घर बन्ला र घरमा बसौंला।’ लेकाली ठाउँ भएकाले केही समयपछि हिउँसमेत पर्ने उनले बताए। 

भूकम्प पीडितहरूलाई लगाउने र खानेको चिन्ता छैन। केवल हिउँदको चिसो कसरी काट्ने हो भन्ने तनाव मात्र छ। ‘कठ्यांग्रिने चिसोमा बाँचिन्छ कि मरिन्छ त्रिपालको बसाइमा’, ६४ वर्षीय भगुदेवी बोहराले आँसु झार्दै भनिन्, ‘यस्तो दुःख झेल्नुभन्दा भूकम्पमै गइदिएको भए हुन्थ्यो। पेट पाल्नभन्दा रात काट्न मुस्किल भइरहेको छ।’ गत २२ कात्तिकमा २२ गते राति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका ६ जनाको ज्यान गएको थियो। ७ जना घाइते भएका थिए।

लेकाली ठाउँ। त्यसैमा हिउँदको समय। भूकम्प गएको तीन सातासम्म पनि त्रिपालको अस्थायी टहरामै बास। चिसो बढ्दै जाँदा डोटीका भूकम्पपीडितलाई रात काट्न मुस्किल परिरहेको छ। उनीहरूको अवस्था दिन प्रतिदिन दयनीय बन्दै गएको छ। पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका भूकम्पपीडितहरू अस्थायी रूपमै भए पनि टहरा निर्माणको लागि गुहारिरहेका छन्। तत्कालराहातको लागि भनेर विभिन्न संघ संस्थाहरूले खाद्यान्न, त्रिपाल, न्यानो लुगा, भाँडाकुँडा लगायतका सामग्रीहरू वितरण गरेको भएपनि अस्थायी बासको लागि काठ तथा टिनका टहरा र स्थायी पुनर्निर्माणका लागि भने कसैले चासो देखाएको छैनन्।

स्थायी पुनर्निर्माणको लागि प्रदेश सरकार, संघीय सरकारलगायत विभिन्न निकायहरूसँग समन्वय भइरहेको भए पनि कसले बनाउने भन्ने विषयमा हालसम्म कुनै टुंगो नलागेको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए। केही दिनमै स्थलगत अनुगमनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणको प्राविधिक टोली आउने अध्यक्ष उपाध्यायले बताए।

भूकम्प प्रभावितहरूका लागि पूर्वीचौकी गाउँपालिकाले काठ र टिनका अस्थायी टहरा निमार्ण गर्ने अध्यक्ष उपाध्यायले बताए। ‘अस्थायी टहरा निर्माणका लागि निर्वाचनका कारण केही समय ढिलो भयो’, अध्यक्ष उपाध्यायले भने, ‘चिसो अत्याधिक बढिसकेको छ। छिटोभन्दा छिटो पालिकाले अस्थायी टहरा निर्माणका लागि पहल गर्दैछ।’
भूकम्पका कारण सबैभन्दा प्रभावित क्षेत्र गैरागाउँ लगायत आसपासका गाउँका १२० घरहरू पूर्णरुपमा भत्केका थिए भने एक हजार ११ घरहरू बस्न नमिल्नेगरी भत्किएका थिए। त्यसैगरी तीन हजार

३७घरपरिवारहरू विस्थापित भएका अध्यक्ष उपाध्यायले जानकारी दिए।गाउँपालिकाले पहिलो चरणमा १२० वटा अस्थायी टहरा एक महिनाभित्रैनिमार्ण गर्नेे लक्ष्य रहेको समेत उनले बताए।भूकम्प पडितहरूले बस्नलाई घर निर्माण गरिदिन सबैलाई आग्रह गरेका छन्।

प्राविधिक टोली डोटी आउँदै 

गृह मन्त्रालय र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणको प्राविधिक टोली यसै साता डोटी आउने बताइएको छ। राष्ट्रिय बिपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले आमनिर्वाचनका कारण केही ढिलो भएपनि केही दिनमै प्राधिकरणको टोली डोटी पुग्ने बताए।

‘प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेपछि मात्र के कति घरमा क्षति पुगेको छ ? सम्पूर्ण रूपमा अध्ययन गरी, स्टमेट तयार हुन्छ’, भट्टराईले भने, ‘कति घर पुनःनिर्माण गर्नुपर्छ। कति बजेट आवश्यक हुन्छ। सोहीअनुसार पुनःस्थापनाको लागि समय कति लाग्छ भन्न सकिन्छ।’ 

बझाङ र अछाममा समेत केही क्षति भएकाले सबै ठाउँमा गएर निरीक्षण गरी रिपोर्ट तयार गरुन्जेल करिब दुई महिना लाग्ने र त्यसपछि मात्रै पुनःनिर्माणको लागि पहल सुरु हुने उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.