हेराल्ड कलेजमा  ३९६  जनालाई दीक्षान्तको प्रमाणपत्र प्रदान

हेराल्ड कलेजमा  ३९६  जनालाई दीक्षान्तको प्रमाणपत्र प्रदान

काठमाडौं : हेराल्ड कलेज काठमाडौंको दीक्षान्त समारोह–२०२२ सम्पन्न भएको छ । दीक्षान्त समारोहमा स्नातक (ग्रयाजुएट) तह पूरा गरेका ३ सय ९६ जनालाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरिएको ही। त्यसमध्ये ३६१ विद्यार्थी बीएससी (अनर्स) कम्प्युटर साइन्स र ३५ जना विद्यार्थी बीएस्सी (अनर्स) इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट विषयका रहेका छन्।

ती बिद्यार्थीलाई बेलायतस्थित उल्भरहेम्टन विश्वविद्यालयका सह उपकुलपति ( प्रो भाइस चान्सलर) टिम स्टिलले दीक्षान्तको प्रमाणपत्र प्रदान गरे। कार्यक्रममा विद्यार्थीका अभिभावक, शिक्षक लगायतको उपस्थिति रहेको थियो ।

 
सो कलेजबाट दीक्षित उत्कृष्ट विद्यार्थीलाई इनोभेट नेपाल ग्रुपले छात्रवृति उपलब्ध गराएको छ । त्यसैगरी हेराल्ड कलेजमा अन्तराष्ट्रिय
एमबिए अध्ययन गर्न पनि छात्रवृतिको व्यवस्था गरेको छ।

दीक्षान्त समारोहमा बोल्दै कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश श्रेष्ठले नेपालमा उत्कृष्ठ र गुणस्तरीय शिक्षा प्रदान गर्न सफल हेराल्ड कलेज काठमाडौंले यस कलेजमा अध्ययन गर्ने विद्यार्थीले भविष्यमा सजिलै रोजगारी हासिल गर्न सक्ने बताए। उनले दीक्षित सबै विद्यार्थीको उज्ज्वल भविश्यको शुभकामना दिएका छन्।

कार्यक्रमका प्रमुख अतिथि विश्वविद्यालयका प्रो भाइस चान्सलर टिम स्टिलले नेपालमा उत्कृष्ट शिक्षा लिन सफल हेराल्ड कलेज काठमाडौंका सम्पुर्ण टिमलाई धन्यबाद दिए। ‘म यो गौरब गर्न चाहन्छु कि विश्वविद्यालयको सोच अनुसार कलेजले शिक्षा दिन सकेको छ, दीक्षित विद्यार्थीलाई प्रमाणपत्र दिन पाएकोमा खुसी लागेको छ', प्रो भाइस चान्सलर टिमले भने । दीक्षित हुने विद्यार्थीलाई बधाई दिँदै उनले भविष्यमा देशको लागि उल्लेखनीय काम गर्न हौसला दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.