अन्तर्घातबाट जोगिए सञ्चारमन्त्री कार्की, झिनो मतान्तरले निर्वाचित

अन्तर्घातबाट जोगिए सञ्चारमन्त्री कार्की, झिनो मतान्तरले निर्वाचित

धरान : पार्टीभित्रकै अन्तर्घातको सामना गर्दै नेपाली कांग्रेसका नेता एवं सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की झिनो मतान्तरले निर्वाचित भएका छन्। 

कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियतलाई ११२ मतले पराजित गरेका हुन्। 

निर्वाचित कार्कीले ३० हजार ४८३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कुसियतले ३० हजार ३७१ मत प्राप्त गरे। 

कार्कीको विजयसँगै सुनसरी ४ मा कांग्रेस पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको विरासत जोगिएको छ। स्व.कोइराला हाल क्षेत्र नम्बर ४ रहेको क्षेत्रबाट दुईपटक निर्वाचित भएका थिए। 

क्षेत्र नम्बर ४ को (क) मा कांग्रेसकै सदानन्द मण्डल निर्वाचित भएका छन्। उनले १५ हजार १९८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादीका पर्सुराम बस्नेतले १२ हजार ३० मत प्राप्त गरेका छन्। 

प्रदेश (ख) मा कांग्रेसकै हाजी इसराइल मन्सुरी निर्वाचित भएका छन्। उनले १४ हजार ३२८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हाजी अब्बास अन्सारीले १२ हजार १८५ मत प्राप्त गरेका छन्। 

कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्यले प्राप्त गरेको मत र कार्कीले प्राप्त गरेको मत थोरै मात्र तलमाथि छ। 

तर प्रदेशसभा सदस्यको मतान्तरले कार्कीलाई आफ्नै कार्यकर्ताले अन्तर्घात गरेको प्रष्ट छ। पार्टीको आन्तरिक द्वन्द्व र एमाले जसपाको बलियो गठबन्धनका वावजुत पनि जित कांग्रेसको पक्षमा पार्न सफल भएको कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का निर्वाचन परिचालन समितिका संयोजक रेवती दुलालले बताए। 

उनले पार्टी संस्थापन इतर समूहका जिम्मेवार नेताहरू नै सञ्चारमन्त्री कार्कीलाई पराजित गर्न लागेको बताएका छन्। 

कांग्रेसको १४औं महाधिवेशनमा कार्कीले नेता शेखर कोइराला पक्षका नेताहरुलाई महाधिवेशन प्रतिनिधिमा नै पराजित गरेको भन्दै संस्थापन इतर समूहका नेताहरू कार्की विरुद्ध लागेका थिए। 

गृहजिल्ला भोजपुरबाट पटक-पटक निर्वाचन जित्न नसकेपछि कार्की २०७४ सालदेखि सुनसरी क्षेत्र नम्बर-४ बाट चुनाव लडेका थिए। उनले २०७४ मा एमालेका रमेश श्रेष्ठलाई पराजित गरी सञ्चारमन्त्री बनेका हुन्।

सुनसरी क्षेत्र नम्बर-४ मा कार्कीको प्रवेशसँगै यस क्षेत्रको विकासले गति लिन थालेको कांग्रेस बराह क्षेत्र नगर समितिका सभापति युवराज श्रेष्ठको दावी छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.