धनुषामा जन्ती बोकेको गाडी दुर्घटना(अपडेट) : ५ जनाको मृत्यु, ९ घाइते

धनुषामा जन्ती बोकेको गाडी दुर्घटना(अपडेट) : ५ जनाको मृत्यु, ९ घाइते

ढल्केवर(धनुषा) : धनुषामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् । 

पूर्वपश्चिम लोकमार्ग अन्तर्गत धनुषाको विरेन्द्रबजारमा पिकअप भ्यान र विंगर एकआपसमा ठोक्किंदा दुर्घटना भएको प्रहरीले जनाएको छ । शनिबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना. १ च १४९६ नम्बरको पिकअपले विपरीत दिशाबाट आँदै गरेको बा १ ज ८३९३ नम्बरको विंगर दुर्घटना भएर पाँचजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा विंगर चालक धनुषाको धनौजी गाउँपालिक–४ का अब्दुल मन्सुरी, धनुषाको मुखियापट्टी मुसहरनिया–४ तुल्सीयाहीकी २९ वर्षीया रुवी साह, महोत्तरीको रामगोपालपुर नगरपालिका–७ की १७ वर्षीया मन्जुकुमारी साह, १३ वर्षीया उनकी बहिनी सृजना साह रहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । प्रहरीका अनुसार मृतक मध्येका एकजनाको सनाखत हुन सकेको छैन ।

महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गर्दा गाडी दुर्घटनामा परेको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.