विद्यार्थीलाई अनुशासनमा राख्न विद्यालयलाई गाउँपालिकाको पत्राचार

विद्यार्थीलाई अनुशासनमा राख्न  विद्यालयलाई गाउँपालिकाको पत्राचार

गुलरिया : बर्दियाको बढैयाताल गाउँपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अनुशासनमा राख्न विद्यालयमा पत्राचार गरिएको छ । गाउँपालिकाअन्तगत शिक्षा शाखाले गरेको अनुगमनका क्रममा विभिन्न विद्यालयका विद्यार्थीले अनुशासन तथा मर्यादा विपरित व्यवहार गरिएको पाइएपछि उनीहरुलाई अनुशासित राख्न उर्दी जारी गरिएको हो।

विद्यालयको स्थलगत अनुगमनका क्रममा विद्यार्थी आचारसंहिता अनुशासन तथा मर्यादा बाहिरका क्रियाकलापहरु गरेको पाएपछि ७ दिनभित्र विद्यार्थीमा देखिएका अनुशासन विपरितका गतिविधिहरु रोक्न विद्यालयमा सूचना जारी गरेको बढैयाताल गाउँपालिका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ढकालले बताए । 

विद्यालयमा मुन्द्रा र बाला, भद्दा अनावश्यक कपाल पाल्ने, मोबाइल फोन विद्यालय ल्याउने, विद्यालयको पोशाक नलगाउनेलगायत गाँजा, चरेस, चुरोट गुट्खा तथा मादक पदार्थ सेवन आदि नगर्न सचेत पारिएको छ ।

विद्यार्थीहरुले व्यवहार परिवर्तन नगरे विद्यालयले नै कारवाहीको प्रकृया अघि बढाउन पत्रमार्फत निर्देशन दिइएको छ। पुनः अनुगमनका क्रममा उल्लेखित व्यवहार दोहोरिए गाउँपालिकाअन्तरगत रहेको शिक्षा शाखाले नै नियमानुसार कारवाहीको प्रकृया अघि बढाउने सन्दर्भमा विद्यालयमा पत्राचार समेत गरिएको छ शिक्षा शाखा प्रमुख ढकालले जानकारी दिए ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.