सकसपूर्ण ढंगमा दलले टुंग्याए समानुपातिक नाम

सकसपूर्ण ढंगमा दलले टुंग्याए समानुपातिक नाम

काठमाडौं : समानुपातिक सांसद छनोटमा सबैभन्दा अप्ठ्यारोमा परेका थिए, प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा। कांग्रेसबाट ३ जना मात्रै पुरुषले समानुपातिकबाट सांसद बन्ने मौका पाउँंथे। तर, कांग्रेसमा ६ बढी केन्द्रीय नेता समानुपातिकबाट सांसद बन्न आकांक्षी थिए। त्यसमा पनि, चार जना त देउवा निकट नेता। 

देउवाले तीन जना पुरुष छान्दा आफू निकट पूर्वउपसभापति गोपालमान श्रेष्ठ छुटे। धेरै आकांक्षी देखिएपछि कांग्रेस कार्यसम्पादन समिति बैठकले अन्तिम निर्णय गर्ने अधिकार सभापति देउवालाई दिएको थियो। कांग्रेसबाट विमलेन्द्र निधि, जीवन परियार र डा. प्रकाशशरण महतले समानुपातिक सांसद बन्ने मौका पाए। परियारलाई सांसद बनाउन शेखर कोइराला पक्षको जोड थियो। निधि र महत देउवा निकट हुन्। त्यसैकारण कांग्रेसका केन्द्रीय नेताहरू फरमुल्लाह मन्सुर र योगेन्द्र चौधरी पनि छुटे। मन्सुर मुस्लिम र चौधरी थारू क्लस्टरको पहिलो नम्बरमा थिए। 

एमालेले समानुपातिकमा छनोट गरेका नाम पनि विवादमुक्त हुन सकेनन्।

कांग्रेसले समानुपातिकबाट ३२ सिट पाएको थियो। १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका महत पार्टीका प्रवक्ता हुन्। निर्वाचन अघि मात्रै जसपा त्यागेर कांग्रेस प्रवेश गरेकी चन्दा चौधरीले पनि सांसद बन्ने मौका पाइन्।

राजनीतिक दलहरूले उम्मेदवार छनोटका क्रममा आन्दोलनमा योगदान, पार्टीप्रतिको निष्ठा, लोकप्रियता, संविधानअनुरूप सन्तुलन, समावेशीको सिद्धान्तलाई आधार मान्ने बताए पनि त्यसको कार्यान्वयनमा भने चुक्दै आएका छन्। यता, एमालेले समानुपातिकमा छनोट गरेका नाम पनि विवादमुक्त हुन सकेनन्। परिवार दलका अध्यक्ष एकनाथ ढकाल र केही व्यापारीलाई समानुपातिकबाट सांसद बनाएको भन्दै एमालेका नेता÷कार्यकर्ताले असन्तुष्टि जनाएका छन्। एमालेले प्रतिनिधिसभा समानुपातिकतर्फ ३४ सिट पाएको थियो। शनिबार बसेको एमाले सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ को नाम समानुपातिक सांसदमा छनोट गरि निर्वाचन आयोगमा बुझाएको छ। 

माओवादी केन्द्रका नेता जनार्दन शर्माकी बहिनी दाङकी नारायणी शर्मा समानुपातिकमा पर्न सफल भएकी छिन्।

माओवादी केन्द्रले १४ जना समानुपातिकतर्फको सांसदको नाम निर्वाचन आयोगसमक्ष पेस गरेको छ। माओवादीबाट १२ जना महिला र दुई पुरुष चयन भएका छन्। माओवादीले पेस गरेको सूचीमा आदिवासी महिलातर्फ दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल, छिरिङ ल्यामु लामा तामाङ परेका छन्। यस्तै, खस–आर्य महिलातर्फ ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी र नारायणी शर्मा परेका छन्। 

खस–आर्य पुरुषतर्फ हितराज पाण्डेको नाम परेको छ। मधेसी महिलातर्फबाट मीना यादवको नाम समेटिएको छ। मीना नेपाल समाजवादी पार्टीबाट संसद्को सूचीमा परेकी हुन्। माओवादी केन्द्रका नेता जनार्दन शर्माकी बहिनी दाङकी नारायणी शर्मा समानुपातिकमा पर्न सफल भएकी छिन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समानुपातिकतर्फ १३ सांसदको नाम आयोग समक्ष पेस गरेको छ। आदिवासी पुरुषतर्फ डा. ढाकाकुमार श्रेष्ठ, खस–आर्यतर्फ डोलप्रसाद अर्याल, मुस्लिम पुरुषतर्फ असिम साह समानुपातिक सांसद चयन भएका छन्। अर्याल पार्टी उपसभापति हुन्। यस्तै, मधेसी पुरुषबाट मनीष झा, आदिवासी महिलाबाट इन्दिरा राना मगर, सुमना श्रेष्ठ चयन भएका छन्। थारू पुरुषतर्फ अशोक चौधरी, मधेसी पुरुषतर्फ तपेश्वर यादव, खस–आर्य महिलाबाट डा. चन्दा कार्की, निशा डाँगी, दलित पुरुषतर्फ शिव नेपाली, सन्तोष परियार, पिछडिएको वर्ग महिलाबाट विनिता कठायत समानुपातिक सांसदमा चयन भएका छन्।

निर्वाचन आयोगमा राष्ट्रिय दलको मान्यता प्राप्त ७ राजनीतिक दलले समानुपातिकतर्फको नाम पेस गरेका छन्। नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेपाल जनमत पार्टीले समानुपातिकतर्फको नाम आयोग समक्ष पेस गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.