मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि सडक अस्तव्यवस्त (फोटो फिचर)
काठमाडौं: मेलम्ची खानेपानी आयोजनाले काठमाडौंका विभिन्न स्थानमा पानीको 'फ्लो' चेकजाँच गरिरहेको छ। यहीक्रममा सोमबार लैनचौरमा खानेपानीको पाइप फूटेको छ।
पाइप फुट्दा सडक नै अस्तव्यस्त बनेको छ। सडकमा पानी बग्न थालेपछि दरबारमार्ग, जमल, बसपार्क, घण्टाघरलगायतका क्षेत्रको सडक प्रभावित बनेको छ । जहाँ ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मेहम्मे परेको थियो ।