जाजरकोटमा जिप दुर्घटना, ९ जनाको मृत्यु
![जाजरकोटमा जिप दुर्घटना, ९ जनाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/Jajarkot_accident_20221212181147_X9DX7iiKou.jpg)
जाजरकोट: जाजरकोटमा जिप दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ। पश्चिम जाजरकोटको छेडागाड नगरपालिका ४ भीरबाटी भन्ने ठाँउमा दुर्घटना भएको हो।
कर्णाली प्रदेश ०२-००१ च ०४२९ नम्बरको बलेरो जिप मध्यपहाडी राजमार्गबाट दुई सय मिटर तल खसेको छ।
दशेराको जेवाबाट लेवा जाँदै गरेको जीप दुर्घटनामा परेको हो। ज्यान गुमाउने धेरैजसो लेवा गाँउका छन् । उनीहरूको परिचय खुल्न बाँकी छ। दुर्घटनामा तीन जना गंभिर घाइते भएका छन् । घाईतेको दशेरास्थित स्वास्थ्य चौकीमा प्राथमिक उपचार भैरहेको स्थानीय प्रेम रावतले जानकारी दिए । घटनको विस्तृत विवरण आउन बाँकी छ।
घटना स्थलमा प्रहरी पुगिसकेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले बताए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)