पर्यावरण अभियन्ता दिलिप हत्याविरुद्धको मुद्दामा अन्तिम बहस हुँदै

पर्यावरण अभियन्ता दिलिप हत्याविरुद्धको मुद्दामा अन्तिम बहस हुँदै

ढल्केवर(धनुषा) : तीन वर्ष अघि हत्या गरिएका पर्यावरण अभियन्ता दिलिप महतो (ओमप्रकाश) को मुद्दामा बहस सुरु भएको छ। बुधबारबाट जिल्ला अदालत धनुषाका न्यायाधीश भिष्मराज प्रसाईको इजलासमा बहस भएको हो।

२०७६ पौष २५ मा खोलाको अवैध उत्खन्न रोक्न गएका धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय महतोको क्रसर डनले हत्या गरेका थिए। दिलिपलाई कोखमा फलामको लिभर प्रहार गरी घाइते बनाएर टिपरले किचेर निर्मम हत्या गरिएको थियो।

सुनियोजित रूपमा टिपरले किचेर हत्या गर्नेविरुद्ध दिलिपका बुबा रामजीवन महतोले धनुषा जिल्ला अदालतमा दायर गरेको मुद्दामा आदेशका लागि अन्तिम बहस सुरु भएको छ। बुधबार वादीको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठ, अधिवक्ताहरु शुभम आचार्य र राजु फुँयालले बहस गरेका थिए भने प्रतिवादीमध्येका रोशनकुमार यादवको तर्फबाट अधिवक्ता मुकेश कार्कीले बहस गरे।

आज पनि बहस हुने दिलिपकी बहिनी लक्ष्मी कुमारी महतोले अन्नपूर्णलाई जानकारी दिइन्। ‘धेरैपटक पेशी स्थगित भएको थियो। आजबाट बल्ल कसुर सजाय तोक्न अन्तिम बहस सुरु भएको छ। हाम्रो तर्फबाट अझै अधिवक्ताहरु बहस गर्न बाँकी हुनुहुन्छ,’ उनले अन्नपूर्णसँग भनिन्।

दिलीपको हत्यापश्चात एक महिनाको अनुसन्धानपछि जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। उद्योग सञ्चालक विपिनलगायतले उनलाई फलामको लिभर र पेचकसले क्रूरतापूर्वक प्रहार गरेको प्रहरी अनुसन्धानबाटै पुष्टि भएको थियो।

अभियोग पत्रमा दिलीपलाई यातना दिई क्रूरतापूर्वक मारेको भन्दै सात जनालाई मुलुकीअपराध संहिता २०७४ को दफा ४१ बमोजिमजीवित रहेसम्म कैद सजाय माग गरिएको छ। दिलिपका बुबा रामजीवनले मनसायपूर्वक हत्या गरेको भन्दै चुरिया माई बालुवा प्रशोधन उद्योग सञ्चालक विपिन कुमार महतो, उनका दाइ विनोदकुमार महतो र उद्योगमा कार्यरत मुनिन्द्र महतो, जितेन्द्र महतो, सत्यनारायण महतो, शत्रुधन महतो र दिलीपका साथी रोशनकुमार यादवविरुद्ध मुद्दा दायर गरेको थियो। तर, यसअघि जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेले उद्योग सञ्चालक विपिन तथा कर्मचारीहरु मुनिन्द्र र जितेन्द्रलाई मात्रै मुद्दाको फैसला नहुन्जेलसम्म थुनामा राख्न आदेश भएपछि उनीहरु कारागारमा छन्। 

रोशन, सत्यनारायण र शत्रुधनभने २५ हजार रुपैयाँ धरौटीमा छुटिसकेका छन्। एक वर्ष फरार रहेर अदालतमा हाजिर भएका उद्योगका अर्का सञ्चालक विनोद साधारण तारेखमा बसे हुने गरी २०७७ असोज २६ मा जिल्ला अदालतले अनुमति दिएका थिए। बुधबारबाट सुरु बहसमा वादी र प्रतिवादीतर्फका अधिवक्ताहरुको बहस सकिएपछि अदालतले अन्तिम फैसला सुनाउने छ।

जिल्ला अदालत धनुषाको परिसरमा दिलिपकी बहिनी लक्ष्मी कुमारी महतो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.