केबी उप्रेतीको आत्मकथा ‘केबी’ लोकार्पण

केबी उप्रेतीको आत्मकथा ‘केबी’ लोकार्पण

काठमाडौं : सहकारी अभियन्ता कृष्णबहादुर उप्रेती(केबी)को संस्मरणात्मक आत्मकथा ‘केवी’ शुक्रवार लोकार्पण भएको छ। 

पूर्व मन्त्री लिलामणि पोखरेल, पूर्व मन्त्री तथा राष्ट्रिय सहकारी बैंकका सल्लाहकार कमल चौलागाई,  बैंकका सल्लाहकारहरू केशव निरौला र राधा घले तथा बरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले संयुक्त रूपमा लोकार्पण गरे।

पुस्तकमा उप्रेतीको जीवनको आरोह अवरोह, सहकारी र निजी जीवनका प्रेरणादायी घटनाका साथै सहकारी क्षेत्र सम्वद्ध व्यक्तिहरूको उनीसँगको अनुभव समेटिएको छ। 

२०५२ सालदेखि सहकारी क्षेत्रमा अनवरत संलग्न उप्रेती प्रारम्भीक संस्था, जिल्ला सहकारी संघ हुँदै सहकारी बैंकको अध्यक्ष बनेका हुन्। 

राष्ट्रिय सहकारी महासंघको समेत उनी सञ्चालक हुन्। पत्रकार पुरुषोत्तम दाहालले आत्मकथाको समीक्षा गरेका थिए। उनले उप्रेतीको आत्मकथामा इमान्दारिता देखिएको चर्चा गरे। 

दाहालले पुस्तक सहकारीकर्मी र अन्य क्षेत्रमा लाग्नेहरूका लागि पनि प्रेरणा बन्ने बताए।

मुखियाको परिवारमा जन्मेर पनि उप्रेतीले जीवनमा गरेका संघर्ष धेरैका लागि अनुकरणीय हुन सक्छन्, दाहालले भने, ‘जीवनका विभिन्न क्षेत्रमा कसरी लागियो, कहा कस्तो संघर्ष भयो, विशेष गरी सहकारी क्षेत्रको योगदान, स्मरण र भूमिकालाई प्राथमिकता दिइएको छ।’

नेकपा माओवादी केन्द्रका सचिव तथा पूर्व मन्त्री लिलामणि पोखरेलले उप्रेतीले सहकारी क्षेत्रमा खेलेको भूमिका रचनात्मक भएको भन्दै आत्मकथाले नेपालको सहकारी अभियानलाई सही बाटोमा ल्याउन सहयोग पुर्‍याउने बताए।

‘नेपालको सहकारी अभियान सही बाटोमा अझै जान सकेको छैन, उप्रेती र अभियानकर्मीको सक्रियता र राजनीतिक दल तथा सरकारको सहयोगमा यसलाई विपन्न वर्गका जनताको सारथी बनाउन सबै लाग्नु पर्छ,’ पोखरेलले भने।

नेकपा एमालेका पोलिटव्यूरो सदस्य, सहकारी तथा गरिवी निवारण विभागका प्रमुख कलम चौलागाईंले सहकारी अभियानलाई सबैको साझा बनाउनका लागि केबी उप्रेतीको भूमिका प्रभावकारी रहेको बताए। 
व्यवसायिक रूपमा सबैलाई मिलाएर अभियानलाई अगाडि बढाउन उप्रेतीको भूमिकाका बारेमा सबैको सकारात्मक भावना पाएको भन्दै उनले सबै मिलेर सहकारी अभियानलाई जोगाउनु पर्नेमा जोड दिए।

सहकारी क्षेत्र अहिले संकटमा रहेको भन्दै उनले यसलाई जोगाउन राज्य र अभियानको प्रभावकारी भूमिका हुनु पर्ने जिकिर गरे। चौलागाईले राज्यले सहकारीको संकट समाधानमा चासो नदेखाएको गुनासो समेत गरे।

राष्ट्रिय सहकारी बैंकका सल्लाहकार राधा घलेले उप्रेतीलाई सहकारीकर्मीले साझा नेताका रूपमा चर्चा गर्ने गरेको  बताइन्। 

उनले अभियानमा संलग्न सबै विचारधाराका अभियन्ताले उप्रेतीका बारेमा सकारात्मक र सबैलाई मिलाएर अगाडि बढ्ने व्यक्तिका रूपमा चित्रित गर्ने गरेको बताइन्।

पुस्तकका लेखक उप्रेतीले सहकारी अभियान लगायत जीवनका उकाली ओरालीको संगमका रूपमा आत्मकथालाई लिएको बताए। 

उनले आफ्नो जीवनमा घटेका घट्ना, गरेका काम र अनुभवका बारेमा पुस्तकमा ससमेटिएको बताए। 
पुस्तकको पहिलो खण्डमा उप्रेतीको व्यक्तिगत जीवनका बारेमा लेखिएको छ। 

गाउँबाट आएको कृष्ण काजी हुदै एसएलसीमा सहभागी, स्ववियू सभापति देखि दुई सन्तानको पितासम्म उल्लेख गरिएको छ। यही खण्डमा राजनीतिदेखि पत्रकारिता जोडिएको छ। 

दोस्रो खण्डमा सहकारी खण्ड भनेर २५ वटा विषय उल्लेख गरिएको छ। अन्तिम खण्डमा केबी उप्रेती पात्र एक, प्रसंग अनेक भन्दै केबी उप्रेतीका बारेमा २२ जना सहकारी अभियन्ताको धारणा समेटिएको छ। पुस्तक नेचुरल मिडिया प्रालि र ग्रूप अफ वर्तमान मिडिया प्रालिले प्रकाशन गरेका हुन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.