पुस १० मा प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा देख्छौँ: गणेश साह (भिडियो वार्ता)

पुस १० मा प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा देख्छौँ: गणेश साह (भिडियो वार्ता)

काठमाडौं: नयाँ सत्ता समीकरणको बहस तीव्र छ। राजनीतिक दलका शीर्ष नेताले भेटवार्तालाई तीव्रता दिएका छन्। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक भेटवार्ता जारी राखेका बेला माओवादी केन्द्रकै सचिव गणेश साहले अबको प्रधानमन्त्री प्रचण्ड नै बन्ने संकेत गरेका छन्। 

अन्नपूर्ण पोस्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइँटेलसँग कुरा गर्दै साहले पुस १० मा प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा देखिने बताए।

संख्यात्मक हिसावले माओवादी सानो भएपनि गुणात्मक हिसावले माओवादी ठूलो भएकाले प्रधानमन्त्रीमा दाबी स्वाभाविक रहेको उनको भनाइ छ। प्रचण्ड प्रधानमन्त्री हुँदा देखाउने सुजबुझ वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले देखाउन नसकेको भन्दै उनले अबको आवश्यता पनि प्रचण्डले नै सम्बोधन गर्न सक्ने बताए।

प्रचण्ड प्रधानमन्त्री हुँदा शान्ति प्रकियाका बाँकी काम तार्किक निष्कर्षमा पुग्न मद्दत मिल्ने, आर्थिक अवस्था सुधार र अस्थिरता हटाउन पनि सहयोग पुग्ने साहको तर्क छ।

कांग्रेसले ठूलो दलको हैसियतले प्रधानमन्त्रीमा दाबी गर्नु स्वाभाविक भएपनि उदारता देखाउन नसक्ने र गठबन्धन भत्किएमा मुलुक संकटमा जाने साहले बताए। उनले भने, 'हामी चाहान्छौँ सबै राजकीय पदहरूको 'प्याकेजमा डिल' होस् । राष्ट्रपतिदेखि मुख्यमन्त्री, प्रदेश प्रमुख र राजदूतसम्मका विषय टुंगिनुपर्छ।'

एमालेसँग माओवादी केन्द्रका नेताले गरेको भेटवार्ता सरकार बनाउन नभइ बाम एकताका लागि रहेको उनले बताए। सरकार फेरिए पनि सदन ५ वर्ष सम्मै चल्ने उनको भनाइ छ। साहसँगको कुराकानी हेर्नुहोस्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.