भीर काटेर पुल बनाइँदै
चितवन : नारायणघाट मुग्लिन सडक खण्डमा पुल बनाउन सुरु गरिएको छ। तुइन ( गौरी) र चिसेन्जी खोलामा पुल बनाउन सुरु गरिएको हो। तुइन खोलामा करिब ४० मिटर अग्लो र नौ मिटर चौडाई चट्टान कटान गरेर पुल बनाइँदैछ।
जग तथा पहुँच सडक निर्माणका लागि चट्टान काट्न सुरु गरिएको छ। पहुँच सडक चौडाई मिलाउने गरी भीर काटिँदैछ।
चिसेन्जीमा चार महिना लगाएर भीर काटिएको नागढुङ्गा मुग्लिन सडक आयोजनाका प्रमुख कृष्ण कार्कीले बताए। ‘अन्य पुलमा बाटो बन्द नगरी काम गर्र्यौं , दुईवटा पुलमा गर्न सम्भव नै भएन। त्यसैले बाटो बन्द गरेर काम थाल्यौं, ’कार्कीले भने।
चौडाई कम र पुरानो भएकाले नयाँ पुल बनाउन लागिएको हो उनको भनाइ छ। डबल लेन अनुसारको पुल बनाइँदैछ। नौ वटा ब्रेकर सहितको स्काभेटर, दुईवटा जेसिबी, एउटा लोडर प्रयोग गरिएको छ। निर्माणको ठेक्का अनक कन्सट्रक्सनले पाएको छ।