एनसेलद्वारा रोमाञ्चक विश्वकप फुटबल फाइनलको विशेष लाइभ स्क्रिनिङ

काठमाडौं : एनसेल आजियाटा लिमिटेडले आइतबार २२औं फिफा विश्वकप फुटबल २०२२ को फाइनल खेलको विशेष लाइभ स्क्रिनिङ कार्यक्रम आयोजना गरेको छ।
अन्नपूर्ण होटलको पुलसाइडमा सम्भवत नेपालमा अहिलेसम्मकै ठूलो स्क्रिनहरूमध्ये एकमा देखाइएको प्रत्यक्ष प्रसारणमा १९०० भन्दा बढी दर्शकको उत्साहजनक उपस्थिति थियो।
कार्यक्रम स्थलमा दुई ठूला डिजिटल स्क्रिन बाहेक दर्शकको सुविधाका लागि अन्य स्क्रिनहरूमा समेत देखाइएको अर्जेन्टिना र फ्रान्सबीचको फाइनलखेलको प्रत्यक्ष प्रसारण एकदमै उल्लासमय बनेको थियो।
आमन्त्रित निजी संघ संस्थाका प्रतिनिधि, बैंक तथा वित्तीय संस्था, व्यावसायिक क्षेत्रका पाहुना, कलाकार, सञ्चारकर्मी, एनसेलका ग्राहक, कर्मचारी र उनीहरूका परिवारका सदस्यलगायतले लाइभ स्क्रिनिङको भरपुर मजा लिएका थिए।
एनसेलको रु ५९९ मा ६० जीबी पाइने होम एन्ड अवे डेटा प्याकको खरिद गर्दा एनसेलका ग्राहकले लाइभ स्क्रिनिङमा सहभागी हुन निःशुल्क प्रवेश पास पाएका थिए। थपिएको ३० मिनेटमा ३–३ को बराबरी भइपछि टाइब्रेकरमा साबिकको विजेता फ्रान्सलाई ४–२ ले पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछिफिफा विश्वकफको उपाधी जितेको हो।
मिडिया हबको मुख्य सहयोगमा आयोजना गरिएको लाइभ स्क्रिनिङ कार्यक्रममा दर्शकहरूले फाइनल खेलको प्रत्यक्ष प्रसारण पुर्व आविष्कार केसी र डिजे बीपीएमको प्रस्तुतीमार्फत गीतसंगितको आनन्द लिएका थिए र खानाका विभिन्न परिकारको स्वाद लिँदै ऐतिहासिक तथा रोमाञ्चक फाइनल खेलको मजा लिएका थिए।
प्रतिक्रिया दिनुहोस !
