सुनसरीको आदर्श सामुदायिक वनमा हात्ती मृत फेला

सुनसरीको आदर्श सामुदायिक वनमा हात्ती मृत फेला

धरान :  सुनसरीको बराहक्षेत्र नगरपालिका- २ स्थित आदर्श सामुदायिक वनमा हात्ती मृत फेला फरेको छ । हप्तादिनदेखि बराहक्षेत्र नगरपालिकाको जङ्गलमा २२ वटा हात्ती घुमिरहेका छन् । 

सामुदायिक वनको रेल्वे लाइनमा  फेला परेको मृत हात्ती हेर्नेको भीड लागेको छ । जङ्गलमा हात्तीको संख्या धेरै भएकाले यस क्षेत्रका बासिन्दालाई सचेत हुन आग्रह गरिएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले बताएका छन । 

अहिले घटनास्थलमा सशस्त्र प्रहरी, जनपद प्रहरी बन रक्षको टोलीले सार्वजनिक मुचुल्का तयार गरी मृत हात्तीको व्यवस्थापन गर्ने कार्य भइरेको छ । बराहक्षेत्रको जङ्गलमा  हात्तीको जमातले विध्वंस मच्चाइरहेको स्थानीय डम्बर सिंदेलले बताए । 

हात्तीको संख्या धेरै रहेकाले यस क्षेत्रका बासिन्दाहरु त्रसित छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.