वीरगन्जमा फेरि गिरिजाको सालिक

वीरगन्जमा फेरि गिरिजाको सालिक

वीरगन्ज : वीरगन्ज–२ छपकैयाको इदगाह चोकमा तत्कालीन पूर्वप्रधानमन्त्री एवं कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको पूर्णकदको सालिक पुनः अनावरण गरिने भएको छ।

यसअघि कोइराला फाउन्डेसन पर्साले इदगाह चोकमा निर्माण गरेको कोइरालाको सालिक २०७२ सालमा भएको मधेस आन्दोलनका क्रममा आन्दोलनकारीले भत्काएर ध्वस्त बनाएका थिए । त्यही स्थानमा फाउन्डेसनले फेरि कोइरालाको नयाँ शालिक निर्माण गरी अनावरण गर्न लागेको हो। कोइरालाको १३औं स्मृति दिवसमा आगामी चैत ७ गते कोइरालाको शालिक अनावरण गर्ने फाउन्डेसनका मधेस प्रदेश अध्यक्ष मोहम्मद शाहबुद्धिनले बताए।

शनिबार वीरगन्जमा बसेको फाउन्डेसन  पर्साको बैठकले यो निर्णय गरेको जानकारी उनले दिए। यस्तै, बैठकले कोइरालाको स्मृति दिवसमा वीरगन्जमा आगामी फागुन २७ गतेदेखि मधेस प्रदेश स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय पनि गरेको छ।

फाउन्डेसन मधेस प्रदेशका अध्यक्ष शाहाबुद्धिनको अध्यक्षतामा बसेको बैठकले कोइरालाको स्मृति दिवसको अवसरमै  मंसिर ४ को निर्वाचनमा पर्साबाट र्निवाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरूलाई पुस १५ गते सम्मान गर्ने निर्णय पनि गरेको फाउन्डेसनका कोषाध्यक्ष मनोहर साहले जानकारी दिए। 

बैठकमा फाउन्डेसनका उपाध्यक्ष जयमंगल कापर, सचिव धीरजकुमार गुप्ता, सहसचिव मिन्टुदेवी सिंह, कोषाध्यक्ष मनोहरकुमार साह, सदस्यहरू जितेन्द्र सिंह, बाबुनन्दप्रसाद पटेल, फाउन्डेसनका प्रेस सल्लाहकार इरफान अलीलगायतको सहभागिता थियो।सालिकसालिक


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.