'ओली-प्रचण्ड-नेपाल समाजवादी केन्द्रको तयारी छ' (भिडियो वार्ता)

'ओली-प्रचण्ड-नेपाल समाजवादी केन्द्रको तयारी छ' (भिडियो वार्ता)

काठमाडौं: नयाँ सत्ता समीकरण बनेसँगै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीचको वार्ता बाक्लिएको छ।

दिनहुँजसो भइरहेको भेटमा सरकारको भागवण्डा मात्र नभइ माधव नेपाललाई पनि मिलाएर समाजवादी केन्द्र नै बनाउने तहसम्मको छलफल भइरहेको छ। नेकपा माओवादी केन्द्रका नेता तथा मोरङ क्षेत्र ४ बाट प्रतिनिधिसभाका लागि तेस्रो पटक निर्वाचित प्रतिनिधिसभा सदस्य अमनलाल मोदीले पनि अब समाजवादी केन्द्र निर्माणको तयारी बढेको बताए। 

अन्नपूर्ण पोस्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइँटेलसँग कुरा गर्दै मोदीले मुलुकलाई निकास दिन सबै कम्युनिस्ट एकै ठाउँ हुनुपर्ने बताए। 'कम्युनिष्ट आन्दोलनलाई जोगाएर लान नेताहरू एकमत हुनुहुन्छ । समाजवादी केन्द्र बनाउने कुरामा प्रचण्ड-माधव-बाबुराम पहिलेदेखि नै तयार हुनुहुन्थ्यो अहिले केपी ओली पनि सम्भवत त्यही मोर्चामा उभिनुभएको छ यो देशको हितकै लागि छ', मोदीले प्रतिप्रश्न गरे, 'के पार्टी फुट्नु राम्रो हो र ?'

सबै कम्युनिष्ट एकै ठाउँ हुँदा भाग खोसिन्छ नि ? भन्ने प्रश्नमा मोदीले भने,'व्यक्तिले के पाउने भन्दा पनि जनताले के पाइरहेको छ हेर्नुपर्छ। देशको हित हुने कुरामा आफूलाई केन्द्रमा राख्नुहुन्न।' 

तीन पटक चुनाव जितेर पनि तपाइँ मन्त्री नहुने हो त भन्ने प्रश्नमा मोदीले भने, 'यसपटक अध्यक्ष प्रचण्डले मन्त्री बनाउने आश्वासन दिनुभएको छ। विश्वास छ भूगोल र क्लष्टर नै हेर्दा पनि यसपटक मेरो योग्यता पुग्छ, मन्त्री बन्छु ।' मोदीसँगको वार्ता हेर्नुहोस्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.