सडक महोत्सवले फेवा किनारमा बढ्यो चहलपहल

सडक महोत्सवले फेवा किनारमा बढ्यो चहलपहल

पोखरा : अंग्रेजी नयाँ वर्ष सन् २०२३ लाई स्वागत गर्न फेवाताल किनार लेकसाइडमा बुधबारदेखि सडक महोत्सव सुरु भएको छ। 

पुस १७ गतेसम्म चल्ने महोत्सवका लागि फेवाताल किनारको तीन किलो मिटर सडक क्षेत्र झकीझकाउ पारिएको छ। 

सडक महोत्सवले फेवाताल किनार लेकसाइडमा चहलपहल बढेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको जनवरी १ देखि उद्घाटन हुँदै छ। भर्खरै नेपाल साहित्य महोत्सव सम्पन्न भयो। लगतै भएको सडक महोत्सवले फेवा किनारमा चहलपहल बढेको हो। 

फेवाताल किनारमा चहलपहल बढेको आयोजक संस्था रेस्टुरेन्ट एन्ड बार एसोसियन (रेवान) पोखराका अध्यक्ष नरेश भट्टराईले बताए। यति बेला पोखराको लेसाइडका होटलमा २५ प्रतिशत अकुपेन्सी रहेको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए। 

न्यू इयर इभ र जनवरी फष्टमा पोखरा बाहिरबाट पनि आन्तरिक पर्यटकको आगमन बढ्ने भएकाले होटलको अकुपेन्सी लगभग भरिभराउ हुने उनले विश्वास गरे। 

पोखरा उपत्याकामा १२ सय होटलमा ४० बेड संख्या रहेको छ। लेकसाइड र ड्याम साइडमा मात्र ७ सय होटलमा ३० हजार बेड संख्या रहेको पनि अध्यक्ष सुबेदीले बताए। 

यति बेला भारतीय पर्यटक र स्वदेशी पर्यटकको संख्या बढिरहेको छ। तेस्रो देशका पर्यटकका लागि यो सिजन अफ सिजन मानिने भएकाले नै रेवानले २४ वर्ष अघिदेखि पर्यटक आकर्षण गर्न अंग्रेजी नयाँ वर्षमा सडक महोत्सव गर्दै आएको हो। 

रेवान पाखराले गर्दै आएको सडक महोत्सव नेपालकै ठूलो महोत्सव रहेको छ। महोत्सवले स्वदेशी तथा विदेशी पर्यटन प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ। 

पाँच दिनसम्म चल्ने सडक महोत्सवले कोरोनाको कारण थला परेको पर्यटन उद्योगलाई चलायमान बनाउने पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए।

डिसेम्बर महिनाको दोस्रो हप्तादेखि पर्यटकको आगमन कम हुने भएकाले पर्यटकलाई आकर्षण गर्न २०५६ सालदेखि पोखराको लेकसाइडमा रेस्टुरेन्ट एन्ड बार एसोसियन (रेवान) पोखराले सडक महोत्सव आयोजना गर्दै आएको हो। 

अंग्रेजी नयाँ वर्षमा स्वदेशी तथा विदेशी पर्यटकलाई पोखरा घुम्न आउने वातावरण तयार गर्न सडक महोत्सव अयोजना गरिँदै आएको आयोजक संस्था रेवानका अध्यक्ष नरेश भट्टराईले बताए। 

महोत्सवमा नेपाली संस्कृतिक कार्यक्रम, विभिन्न जातजानीका सांस्कृतिक झाकी, नाचगानको अवलोकन गर्दै स्वदेशी तथा विदेशी खानाका परिकार सडक किनारमा बसेर खाँदै रमाउने व्यवस्था आयोजकले मिलाउदै आएका छन्। यसैले महोत्सवका नारा नै सडकमै खाऔं, सडकमै रमाउ राखिएको छ।  

महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेशभूषा प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, रात्रिकालीन कन्सर्ट, पोखराका प्रमुख पर्यटकीय क्षेत्रका डकुमेन्ट्री प्रदर्शन, विभिन्न खेलकुदका गतिविधि पनि हुने कार्यक्रमका संयोजकसमेत रहेका अध्यक्ष भट्टराईले बताए। 

महोत्सवले पोखराको लेकसाइड क्षेत्रका मात्र नभएर कास्की जिल्लाकै पर्यटन उद्योग, कृषि उत्पादनको खपत लगायत हरेक क्षेत्र चलायमान हुने आयोजकले बताएका छन्। 

महोत्सवमा करिब ४ लाख दर्शकले अवलोकन गर्ने आयोजकको विश्वास छ। महोत्सव सम्पन्न गर्न करिब ७० लाख खर्च हुने र करिब ८० लाख आम्दानी हुने आयोजकको अनुमान छ। 

महोत्सवमा पोखरा आउने पर्यटकलाई विशेष छुटको रुपमा होटल संघ पोखराले २० प्रतिशत कोठामा छुट दिने संघका अध्यक्ष लक्ष्मण सुबेदीले बताए।

पछिल्लो समयमा अंग्रेजी नयाँ वर्ष मनाउन आन्तरिक र वाह्य पर्यटकको चाप बढ्दै गएको छ। पोखरा आउने पर्यटकहरू साहासिक गतिविधि प्याराग्लाइडिङ, अल्ट्रालाइट, बञ्जी, जिप लाइन, स्विङ लगायतका खेलमा रमाउने गर्दछन्। 

महोत्सवकै छेको पारेर पोखरा आएका पर्यटकहरू अन्नपूर्ण पदायत्रा क्षेत्रका धम्पुस, घोरेपानी, घान्द्रुक लगायतका क्षेत्र पनि घुम्ने गर्दछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.