सोलुमा विद्यालयमै पुगेर १७ सय विद्यार्थीको आँखा जाँच

सोलुमा विद्यालयमै पुगेर १७ सय विद्यार्थीको आँखा जाँच

सोलुखुम्बु : सोलुखुम्बुको जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले १ हजार ७ सय बढी विद्यार्थीको आँखा जाँच गरेको छ। 

केन्द्रले विद्यालय आँखा जाँच कार्यक्रममार्फत सोलुदुधकुण्ड नगरपालिकाको ९ वटा विद्यालयमा सञ्चालन गरेको शिविरमार्फत १ हजार ७ सय १४ जना विद्यार्थीको आँखा जाँच गरिएको हो। 

जसमध्ये ८६७ छात्रा र ८४७ जना छात्र रहेको आँखा केन्द्रका प्रमुख विधान ताम्राकारले जानकारी दिए। उनका अनुसार पिके मावि लोदिङका १०४, जुनबेशी मावि जुनबेशीका १०२, बालेश्वर मावि केरुङका १३५, सेर्कासिङ आवि नाजिङका ५९ र फाप्लु सामुदायिक आवि फाप्लुका १८१ जनाले सेवा लिएका छन्। 

यस्तै जनप्रिय मावि टाप्टिङका २४५, फाप्लु सामुदायिक मावि फाप्लुका ११५, जनजागृति आवि सल्लेरीका १६९ र ह्वाईहिल्स मावि सल्लेरीका ६०४ जना विद्यार्थीको आँखा जाँच गरिएको केन्द्रको तथ्यांक छ।

यसैगरी गत मंसिर २५ देखि पुस ७ गतेसम्म विद्यालयमा पुगेर सञ्चालन गरिएको शिविर मार्फत १५५ जनालाई चस्मा लगाउन सुझाव दिइएको आँखा कार्यकर्ता दिनेश राईले बताए। 

उक्त शिविर तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौँ, हिमालयन क्याटर्‍याक प्रोजेक्ट र सोलुदुधकु्ण्ड नगरपालिका शिक्षा शाखाको समन्वयमा सञ्चालन गरिएको जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले जनाएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.