लुम्बिनी प्रदेशका सांसद जातीय पोसाक र भेषभूषामा

लुम्बिनी प्रदेशका सांसद जातीय पोसाक र भेषभूषामा

दाङ : खुट्टामा जुत्ताचप्पलको सट्टा काठका खराउ। सेतो लुंगी। शीरमा सेतो टोपी। कोट पनि सेतै लगाएर लुम्बिनी प्रदेशसभामा आइतबार शपथ ग्रहणमा सहभागी सांसद धर्मबहादुर थारूको भेषभूषा अरुभन्दा फरक र आर्कषक देखिन्थ्यो। बर्दिया क्षेत्र नं. २ (२)बाट प्रत्यक्ष निर्वाचित उनी खाँटी थारू पोसाकमा ठाटिएका थिए। 

उनीसँगै रहेका बर्दिया क्षेत्र नम्बर १ (२)सांसद राजकुमार चौधरीले पनि खराउ लगाएका थिए। धोती, कालोकोट र ढाका टोपीमा सजिएका चौधरी पनि अरूभन्दा भिन्न थिए। थारु भेषभूषा र मौलिकताको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले खराउ लगाएका यी दुई सांसदले धेरैको ध्यान खिचेका थिए। 

रामायणमा रामले भाइलाई खराउ दिएको प्रसंग उल्लेख छ। जुत्ता चप्पलको जमाना सुरु नहुँदै आदिवासी जनजाति थारुले काठको खराउ बनाएर लगाउँथे। अहिले त खराउ लोप भइसकेको छ। दाङको राप्ती गाउँपालिका–३ मसुरीयास्थित नवनिर्मित लुम्बिनी प्रदेशसभामा सांसद मौलिक पोसाकमा थिए। रुकुम पूर्वका सरुन पुन पनि आफ्नै जातीय भेषभूषामा थिए। उनले ढाका टोपी, लुंगी, गाँदो,स्टकोट सहितको पहिरनमा उपस्थित थिए। बर्दियाकी समानुपातिक सांसद कृष्णा कुस्मा थारू, दाङकी सीता थारू पनि आफ्नै भेषभूषामा थिए। 

उनीहरू लेहेंगा, चुर्‍या, पैसक माला, चन्द्रमा, शिरबन्दी, बाला, कडासहितको परिहनमा सजिएर शथप ग्रहणका लागि प्रदेशभवनमा उपस्थित भएका थिए। अरूभन्दा फरक भेषभूषामा उपस्थित हुँदा नौलो अनुभूति रहेको उनीहरूले बताए। बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही, रोल्पा र रुकुम पूर्वका सांसदहरू भने आफ्नै जातीय पहिरनमा उपस्थित भएका थिए।

प्रदेश प्रमुख अमिक शेरचनले सबै प्रदेशसभा सदस्यहरूलाई शपथ ग्रहण गराएका थिए। दिउँसो २ बजेर १२ मिनेट जाँदै गर्दा सपथका लागि शेरचरणलाई बोलाइएको भए पनि शपथ खुवाउने बेहोरा टेबुलमा आई नपुगेपछि केहीबेर सन्नाटा छाएको थियो। त्यसपछि प्रदेशसभा सचिवालयका सचिव दुर्लभ पुनले  बेहोरो छुटेको भन्दै सबै सांसदलाई बस्न आग्रह गरेका थिए। 

शपथको बेहोरा केहीबेरमा आएपछि फेरि शपथका लागि प्रदेश प्रमुख शेरचनलाई बोलाइएको थियो।  त्यसपछि फेरि सबै सांसदहरू शपथका लागि उभिएर सपथ खाएका थिए। प्रदेश प्रमुख शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, संस्थापक मुख्यमन्त्री शंकर पोखरेललगायतले सांसदहरूलाई बधाइ दिएका थिए।  

पहिलो संसद् बैठकको अध्यक्षता जेष्ठ सदस्य डिल्लीराज भुसालले गर्ने घोषणा सचिवालयका सचिव पुनले गरेका थिए। भुसाल गुल्मी निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित हुन्। अब प्रदेश सभामुख र उपसभामुखको चयन नहुँदासम्म अध्यक्षता भुसालले नै गर्नेछन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.